29.1 C
Kathmandu

मौद्रिक नीतिको अपेक्षा भन्दापनि सर्वसाधारणमा त्रास बढ्न थाल्यो, ऋण नपाइने र महंगी बढ्ने चिन्ता

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीति अर्थतन्त्र जोगाउन विगतका भन्दा कसिलो आउने संकेत नेपाल राष्ट्र बैंकले गरिसकेको छ । राष्ट्र बैंकले मौद्रिक नीति कसिलो आउँछ भनिरहदा आम सर्वसाधारणमा भने आशा भन्दा पनि चिन्ता बढेको छ ।

गरिखाने वर्गका सर्वसाधारणलाई मौद्रिक नीतिपछि व्याजदर बढ्ने र यसले महंगी बढाउँछ भन्ने चिन्ता छ । आम सर्वसाधारण जसले सानोतिनो गर्जो ऋण लिएर टार्ने गरेका छन् तिनको लागि पनि व्याज बढ्ने र लागत धेरै लाग्ने चिन्ता छ ।

मौद्रिक नीतिले आयातमा कडाइ गर्ने, लगानी विस्तार भन्दा पनि संकुचनकारी नीति लिने संकेत गरेकोले पनि आगामी आवको मौद्रिक नीतिलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

राष्ट्र बैंकका अधिकारीले पनि समष्टिगत आर्थिक स्थायित्व कायम गर्न मौद्रिक नीतिले ध्यान दिने बताएको छ । अहिले तत्काल राष्ट्र बैंकले चलाउने मौद्रिक औजाररू बैंकदर, अनिवार्य नगद मौज्दान (सिआरआर), स्थायी तरलता सुविधा (एसएलएफ), बैंकको तरलता अनुपात (एलडी रेसियो), कर्जा निक्षेप अनुपात (सीडी रेसियो)सहितका विषयमा हेरफेर हुने संकेत आइरहेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार