26.1 C
Kathmandu

एनबी बैंक नबिलमा बिलय, अब एक नम्बरको ताज जोगाइराख्ने एकीकृत कारोबारकै दिन घोषणा

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंक नबिलमा विलय भएको छ । नबिल बैंकमा बिलय भएर सोमबारदेखि नै औपचारिक रुपमा एकीकृत कारोबार सुरु गरेको छ । नबिल बैंकले एकीकृति कारोबारसँगै अब एक नम्बरको ताज जोगाइराख्ने घोषणा पनि गरेको छ । अहिलेसम्म यो बैंक नाफाका हिसावले र लगानीकर्तालाई प्रतिफल बाड्नेमा अन्य सबै बैंक भन्दा अगाडि छ । अब आागामी आवदेखि पनि यस बैैंकले आफ्नो एक नम्बरको ताजलाई जोगाइराख्ने घोषणासमेत गरेको छ ।
नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नबिल बैंक अझै नाफामा नम्बर वान हुने बताएका छन् । सोमबार नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार कार्यक्रममा बोल्दै उनले एनबी बैंक मर्जर पछि बनेको नबिल बैंक नाफमा थप अब्बल हुने बताएका हुन् ।

‘मर्जरपछि नबिल बैंक सुदृढ भएको छ, अब नाफा झन बढ्नेछ, सिनर्जी ल्याउनेछ,’ उनले भने । बैंक नाफामा मात्रै नभई लगानीकर्ता र निक्षेपको हक हितप्रति जिम्मेवार रहेको उनको भनाई छ ।

‘हामी नाफामा मात्रै होइन, लगानीकर्ता र निक्षेपको हक हितप्रति जिम्मेवार छौं, र्सूचकमा ठूलो मात्रै होइन बढी जिम्मेवार हुनुपर्छ,’ उनले भने ।

संस्थागत सुशासन तथा सेवा सुविधा अवलम्बन गरेर अगाडि बढेर दीगो बैंकिङको अभ्यास गर्दै आएको नबिल बैंक आफ्नो लक्ष्यप्रति पनि अडिक रहेको उनको दावी छ ।

उनका अनुसार न्यून कार्वन अर्थतन्त्रका लागि ग्रिन फाइनान्सिङमा पनि लगानी बढाउने नबिल बैंकको योजना छ । अध्यक्ष पौडेलले मर्जरपछि बैंकका कर्मचारीप्रति भेदभाव नहुने बताउँदै त्यसको लागि बैंकको टिमलाई निर्देशन गइसकेको समेत जानकारी गराए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार