29.1 C
Kathmandu

इन्धनको मूल्य ५ रुपैयाँ बढ्दा हवाई भाडा २२० सम्मले बढ्यो, अब धनगढी जान १७ हजार लाग्ने

काठमाडौं । नेपाल आयल निगमले सोमबार हवाइ इन्धनको भाउ प्रति लिटर ५ रुपैयाँले बढाउँदा हवाई भाडा भने २२० रुपैयाँसम्मले बढेको छ । हवाई इन्धनको मूल्य बढेकै कारण वायुसेवा सञ्चालक संघले पनि हवाई भाडा बढाएका छन् । वायुसेवा कम्पनीहरूले २३ असारदेखि लागू हुने गरी भाडा बढाएका हुन् ।
हवाई भाडा सबैभन्दा बढी धनगढीको लागि २२० र सबैभन्दा कम सिमराको लागि ४५ रुपैयाँले बढेको छ ।
हवाई भाडा बढेपछि अब काठमाडौंबाट धनगढी जान १७ हजार १७ रुपैयाँ पुगेको छ । काठमाडौैंका हुने सहरी क्षेत्रको विमानस्थलको लागि सबैभन्दा कम भाडा सिमराको लागि ४२ सय ४० रुपैयाँ पुगको छ ।
कहाँको भाडा कति सूचीसहित

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार