26.1 C
Kathmandu

सिभिल बैैंक हिमालयनमा विलय हुन तयार, स्वाप रेसियो १ः८१ हुने

काठमाडौ । हिमालय बैंक र सिभिल बैंकबीच एक आपसमा मर्जरमा जाने भएका छन । यो सहमतिसँगै अब सिभिल बैंक हिमालयनसँग विलय हुने भएको छ ।
स्वाप रेसियो भने १ः८१ हुने छ । यो भनेको हिमालयनको सिभिलको १०० कित्ता शेयर हुनेले हिमालयनसँग मर्जरपछि ८१ कित्ता शेयर पाउने छ छन् ।
हिमालयनसँग मर्जरमा जान सिभिल बैंक मर्जर कमिटिले करीब तय गरेकोले अब एकदुई दिन भित्रै सहमति हुने सिभिल बैैंक स्रोतले जानकारी दिएको छ ।
बैैंक स्रोतका अनुसार लामो वहस र छलफलपछि सिभिल बैैंक हिमालयनसँग प्रति कित्ता ८१ मा गाभिन तयार भएको हो ।
मर्जरपछिको नयाँ बैैंक भने हिमालयन नै हुने भएको छ । मर्जरपछि बैैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिमालयन बैंकका अशोक राणा र डेपुटी सीईओ सिभिल बैंकका सुनिल पोखरेल हुने सहमति भएको छ ।
यस अघि नेपाल इन्भेष्टेमन्ट बैंकसँग मर्जर सम्झौता गरेको हिमालयनले उक्त मर्जर प्रक्रिया भाडिएपछि नयाँ पार्टर खोज्न थालेको हो । कर्मचारी संचयकोषको १४ प्रतिशत लगानी रहेको हिमालयसँगै सिभिलमा पनि कोषकै ८ प्रतिशत शेयर लगानी छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार