23.1 C
Kathmandu

विवादै विवादमा आएपछि अर्थमन्त्रीले दिए राजीनामा, कस्ले हाक्ला अब अर्थ मन्त्रालय ?

काठमाडौं।  विवादै विवादमा आएपछि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छ्न । उनको राजीनामासंगै अब कस्ले हाक्ला अब अर्थ मन्त्रालय ? भन्ने चासो बढेको  छ । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। उनले आफूले छानबिनका लागि सहयोग गर्न पदबाट राजीनामा दिएको बताएका छन्।                             म हजारौँ छानबिनका लागि तयार छु। एउटा मात्रै होइन, गरियोस्। हिजो छानबिन समिति नबनेका होइनन्। आज आम नागरिकले प्रश्न उठाएका कारण। भ्रम सिर्जना गराएका कारण। सत्य तथ्यले नै स्पष्ट गर्नेछ भन्ने कुरा यहाँ राख्छु, उनले भने।

पछिल्लो समय बजेट निर्माणको दिन जेठ १४ गते मन्त्रालयको सिसिटिभी फुटेज मेटाएको आरोप समेत शर्मालाई लागेको छ।पछिल्लो समय बजेट निर्माणको दिन जेठ १४ गते मन्त्रालयको सिसिटिभी फुटेज मेटाएको आरोप समेत शर्मालाई लागेको छ। उपभोक्ता हित संरक्षण मञ्चले १४ गतेको फुटेज माग गर्दा अर्थमन्त्रालयले १३ दिनको मात्र फुटेज क्षमता भएको भन्दै पत्र पठाएको थियो।

उक्त विषयलाई उठाएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदनमा शर्माको राजीनामा माग गर्दै आएको छ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार