29.1 C
Kathmandu

बैंकिङ प्रणालीमा २५ अर्ब रूपैयाँ निक्षेप थपियो, सीडी रेसियो मिलाउन कर्जा ठप्प

काठमाडौ । बैंकिङ प्रणालीमा २५ अर्ब रूपैयाँ निक्षेप थपिएको छ ।  २ दिनमै बैंकिङ प्रणालीमा २५ अर्ब रूपैयाँ निक्षेप थपिएको भएपनि सिडि रेसियो मिलाउन कर्जा बिस्तार भने ठप्प भएको छ । असार मसान्तको सीमा नजिकिँदै गएको र सरकारको खर्च बढेसँगै बैंकिङ प्रणालीमा आउने निक्षेपमा पनि सुधार आउने संकेत देखिएको छ ।

आइतवार र सोमवार मात्र बैंकिङ प्रणालीमा २५ अर्ब ४४ करोड रूपैयाँ थपिएको छ । आइतवार मात्रै १४ अर्ब र सोमवार ९ अर्ब रूपैयाँ निक्षेप थपिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । आइतवारसम्ममा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (अधिक तरलता) भने १७ अर्ब ४८ करोड रूपैयाँ छ ।

बैंकहरूमा सोमवारसम्ममा कूल निक्षेप संकलन ५० खर्ब २९ अर्ब रूपैयाँ पुगेको छ । यस्तो रकम आइतवार ५० खर्ब २० अर्ब रूपैयाँ थियो । शुक्रवारदेखि बढ्न थालेको निक्षेपको रकम दुई दिनमा उल्लेख्य मात्रामा बढेको छ । शुक्रबार एकै दिन बैंकहरूमा १४ अर्ब ४८ रूपैयाँ रूपैयाँ निक्षेपका रूपमा आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार