29.1 C
Kathmandu

जगदम्बाले साढे ४ अर्बको सिमेन्ट बेच्यो

काठमाडौं । जगदम्बा सिमेन्टले ४ अर्ब ५८ करोड १० लाखको सिमेन्ट बेचेको छ । यो सन् २०१८ मा भएको व्यापार हो । सन् २०१९ मा ३ अर्ब ७९ करोड ४० लाख रुपैयाँको कारोबार गरेको जगदम्बा सिमेन्टले कोरोना महामारीको वर्ष सन् २०२० मा २ अर्ब ४४ करोड रुपैयाँको रसन् २०२१ मा २ अर्ब ९२ करोड २० लाख रुपैयाँ व्यापार गरेको थियो ।

कम्पनीका अनुसार यस वर्षको ९ महिनामा मात्रै २ अर्ब १९ करोड रुपैयाँको कारोबार गरिसकेको छ । कम्पनीले हालै १ अर्ब ४५ करोड ३० लाख रुपैयाँको ऋणका लागि रेटिङ गराएको छ ।

सन् २००१ मा स्थापना भएको जगदम्बा सिमेन्ट उद्योगसँग दैनिक १ हजार मेट्रिक टन ग्रिन्डिङ क्षमता छ । कम्पनीमा दुई बिजनेस हाउसहरु शंकर र सौरभ ग्रुपका ७ जनाको लगानी छ । कम्पनीले ओपीसी, पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । हाल नेपालमा ५५ वटा सिमेन्ट उद्योग तथा २० वटा क्लिङकर उद्योग सञ्चालनमा छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार