23.1 C
Kathmandu

१० बैैंक सीडी रेसियो व्यवस्थापन गर्न नसक्ने अबस्थामा, नियामकको कारबाहिमा पर्ने

काठमाडौ । १० वटा बैंकलाई कर्जा निक्षेप अनुपात (सीडी) रेसियो मेन्टन गर्न नसक्ने  अबस्थामा पुगेका छन । असार मसान्तको समयसीमा नजिकिँदै जाँदा २१ असारसम्ममा यी बैंकहरूको सीडी रेसियो ९० प्रतिशतभन्दा बढी छ । सबैभन्दा बढी सीडी रेसियो राखिरहनेमा नेपाल बंगलादेश बैंकको ९५.७९ रहेको छ । यो बैैंक नबिलसँग गाभिएको छ ।

२७ असारबाट नेपाल बंगलादेश र नबिलले एकीकृत कारोबार गर्ने भएका छन् । त्यसो हुँदा पनि दुवै बैंकको सीडी रेसियो सीमाभन्दा बढी भएकोले मिलाउन भने चुनौतिपूण नै हुने देखिन्छ ।

सीडी रेसियो मिलाउनुर्ने दबाबमा नबिल, नेपाल बंगलादेश, बैंक अफ काठमाण्डू, एनसीसी, कुमारी, सिद्धार्थ, ग्लोबल आइएमई, प्राइम, सनराइज र सेन्चुरी बैैंक छन् । यी बैंकले राष्ट्र बैंकको नियमानुसार असार मसान्तभित्रै ९० प्रतिशतभन्दा कम सीडी रेसियो कायम गर्नुपर्छ । उक्त समयभित्र सीडी रेसियो मेन्टन गर्नुपर्ने समयसीमा चालू आर्थिक वर्षको मौद्रिक नीतिले दिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार