23.1 C
Kathmandu

४ महिनालाई फेरिए ५ मन्त्री, उपलब्धीमूलक काम गर्न हैन शान र मानलाई मात्रै

काठमाडौं । आगामी ४ महिनालाई ५ जना मन्त्री फेरिएका छन् । यी पाँच मन्त्रीले उपलब्धीमूलक काम गर्ने भन्दापनि शान र मानको लागि मात्रै मन्त्री बनाइएको छ ।

एकीकृत समाजवादीबाट ५ जना मन्त्रीले ८ महिना २० दिन काम गरेर फिर्ता भएका छन् । पार्टीले भाग पुर्याउन मात्रै ५ जना मन्त्रीलाई ४ महिनाको लागि मात्रै सत्ताको स्वाद दिलाएको छ । मंसिरसम्ममा चुनाव हुने भएकोले नवगठित मन्त्रीको पदावधि ४ महिना भन्दा बढी हुँदैन् ।

नवनियुक्त मन्त्रीहरुको सपथ सोमबार बिहान ११ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय श्रोतले ११ बजेका लागि सपथको तयारी भएको जानकारी दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीबाट नियुक्त भएका मन्त्रीको हेरफेर गरेका थिए । जस अनुसार एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार