23.1 C
Kathmandu

नेपालमा ६ महानगरको बजेट ५३ अर्ब, कुन महानगरको कति ?

काठमाडौं । नेपालका ६ वटै महानगरले आगामी आर्थिक वर्ष २०७९,८० का लागि बजेट ल्याएका छस्न । नीय सरकारहरुले १० असारभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार बजेट आएको हो ।

महानगरपालिकामा मात्र ५३ अर्ब २३ करोड रुपैयाँ बराबरको बजेट आएको हो । यसमध्ये ५ महानगरपालिको कुल बजेट हाराहारी पुग्ने गरी काठमाडौं महानगरपालिका एक्लैको छ । काठमाडौंले २५ अर्ब ६१ करोड रुपैयाँको बजेट ल्याएको छ ।

पोखरा, विराटनगर, वीरगन्ज, ललितपुर र भरतपुर महानरपालिकाको बजेटको योग २७ अर्ब ८१ करोड छ । अधिकांक महानगरपालिकाले पूर्वाधार विकासलाई केन्द्रमा राखेर बजेट ल्याएका छन् । शिक्षा र स्वास्थ्यसहित जनसहभागितामा आधारित विकासलाई महानगरहरुले महत्व दिएका छन् ।

चालु आर्थिक वर्षमा ६ वटा महानगरपालिकामा ४३ अर्ब २३ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेका छन् । ६ वटा महानगरपालिकामध्ये काठमाडौं महानगरपालिकाले सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ ।

बजेटका लागि तय गरिएको स्रोतमध्ये काठमाडौं महानगरपालिकाले चालु आवमा खर्च गर्न नसकेको ठूलो रकमलाई राखेको छ ।

चालु आवमा ५ अर्ब ५५ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि केही बढाएर बजेट ल्याएको छ । यस आवमा ललितपुरले ६ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको हो ।

ललितपुरले महानगरपालिकाबाट कालोपत्रे भएको सडक कम्तिमा २ वर्षसम्म खन्न स्वीकृति नदिने भएको छ । कल सेन्टर सञ्चालनमा ल्याउने घोषणा गरेको सरकारले सत्यमोहन जोशी एकेडेमी स्थापनाको घोषणा समेत गरेको छ ।

फोहोरमैलाको दीर्घकालीन व्यवस्थापनका लागि महानगरपालिकाले वैकल्पिक ल्याण्डफिल्ड साइटको अध्ययन गर्ने भएको छ ।

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब ७४ करोड रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालु आवको बजेट ४ अर्ब ८१ करोड भन्दा केही बढी हो । यो वर्ष भरतपुरले विगतमा शुरु भएका तर सम्पन्न हुन नसकेका अधुरा योजनामा प्राथमिकताका साथ बजेट राखेको छ ।

महानगरपालिकामध्ये विराटनगर र वीरगन्ज महानगरपालिकाको बजेट भने घटेर आएको छ । चालु आवमा ४ अर्ब १० करोडको बजेट कार्यान्वयन गरिरहेको विराटनगरले आगामी आवका लागि ३ अर्ब ६२ करोड रुपैयाँको बजेट ल्याएको छ ।

उपमेयर शिल्पा कार्कीले ल्याएको बजेटमा पूर्वाधारमा १ अर्ब ८९ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ । चालुमा भने ५५ करोड ३५ लाख रुपैयाँ खर्च हुने छ ।

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ । उपप्रमुख मञ्जुदेवी गुरुङले शुक्रबार ११ औं नगरसभामा नयाँ आर्थिक वर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गरेकी हुन् । पोखराले अघिल्लो पटकभन्दा २ अर्ब ५० करोडभन्दा बढी बजेट ल्याएको हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार