26.1 C
Kathmandu

१२ बीमा कम्पनी कारबाहीमा, जनविश्वासको कम्पनीले समेत किन गरे खेलाची ?

काठमाडौं । बीमा समितिले समयमै वित्तीय विवरण नबुझाउने बीमा कम्पनीहरुलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन नबुझाएको  भन्दै २ बर्ष  अगाडि नै जरिवाना गरिएका कम्पनी कारबाहीमा  परेका छन। कारबाहीमा पर्नेमा राष्ट्रिय बीमा संस्थान, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी छ ।
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी, युनियन लाइफ इन्स्योरेन्स कम्पनी, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पनि कारबाहीमा परेको छ ।
सानिमा लाइफ इन्स्योरेन्स कम्पनी, दि ओरिएण्टल इन्स्योरेन्स कम्पनी, नेसनल इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा कम्पनी लिमिटेड पनि आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाएको अभियोगमा बीमा समितिको कारबाहीमा परेका हुन ।

बीमा समितिले व्यवसायको हिसाबकिताबको लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै कम्पनीहरुलाई कारबाही गरेको जानकारी दिएको छ ।
बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम बीमा कम्पनीहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र आफूले गरेको बीमा व्यवसायको हिसाबकिताबको लेखापरीक्षण प्रतिवेदन बीमा समितिमा बुझाउनुपर्ने हुन्छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार