23.1 C
Kathmandu

स्टार्टअप फेस्टमा २४ करोड ५० लाख लगानीको प्रारम्भिक सम्झौता

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको नबिल बैंक प्रिजेन्ट सीएनआइ वाइइएफ नेपाल स्टार्टअप फेस्ट २०२२ मा २४ करोड ५० लाख लगानीको प्रारम्भिक सम्झौता भएको छ ।

शनिबार काठमाडौंस्थित होटेल सोल्टीमा भएको फेस्ट प्रतिस्पको थियो । त्यसमध्ये अन्तिम छनौटमा परेका परियोजनाहरुलाई फेस्टमा आफ्नो प्रस्तुती गर्ने अवसर दिइएको थियो । उक्त प्रस्तुतीकरण पछि सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालको उपस्थितीमा लगानीकर्ताले ती परियोजनामा इक्वीटी लगानी गर्न प्रारम्भिक सम्झौता गरेका हुन् ।

स्वपूँजी लगानी सम्बन्धी प्रारम्भिक सम्झौता भएका स्टार्टअपहरुमा भक्सक्रो, स्किल सेवा प्राइभेट लिमिटेड, टिम बेदा, खेती, डार्कम्याटर गेम प्रडक्सन, डिजिटल एज नेपाल, डक्टर्स अन कल रहेका छन् ।

यी स्टार्टअपमा टीम भेन्चर्स, ग्लोबल इक्वीटी फण्ड, अध्यान्ता फण्ड म्यानेजमेन्ट, हिमालयन क्यापिटल र टेलिभेन्चर पार्टनरले प्रारम्भिक लगानी सम्झौता गरेका हुन् । स्टार्टअप फेस्टको समापन समारोहमा अर्थमन्त्री जनार्दन शर्माले अन्तिम छनौटमा परेका परियोजनाहरुलाई अवार्ड प्रदान गरे । उनले बजेटले स्टार्टअपलाई प्राथमिकतामा राखेको पनि बताए ।

यसअघि शनिबार विहान उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडूले स्टार्टअप फेस्टको उद्घाटन गरेका थिए । सो क्रममा उहाँले आर्थिक संमृद्धिका लागि निजी क्षेत्रसँगको सहकार्यलाई सरकारले उच्च प्राथमिकता दिएको बताए । युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न सरकार तयार रहेको बताए ।

नेपाल उद्योग परिसंंघका अध्यक्ष विष्णुकुमार अग्रवालले स्टार्टअपहरुलाई सबैभन्दा ठूलो चुनौती लगानीको रहेको बताए । नविन सोच भएका स्टार्टअपहरुलाई लगानी जुटाउने उद्देश्यले नै फेस्ट आयोजना गरिएको उनले बताए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार