29.1 C
Kathmandu

सेयर बजार बढाउन १९ बुँदे ज्ञापन पत्र राष्ट्र बैंकलाई, बजार बढाउने नीति ल्याउन दबाब

काठमाडौं । सेयर बजार बढाउन १९ बुँदे ज्ञापन पत्र राष्ट्र बैंकलाई बुझाएका छन् । यस बुँदामा ४/१२ को सीमा हटाउनदेखि बजार बढाउने नीति ल्याउनसम्म दबाब दिइएको छ । आन्दोलनरत सेयर लगानीकर्ताले नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टलाई १९ बुँदे ज्ञापन पत्र बुझाएका हुन ।

लगानीकर्ताले बुझाएको ज्ञापन पत्रमा एमाले सरकारको पालामा गर्ने भनेका ५८ बुँदामा बाँकी रहेका काम तत्काल पुरा गर्नुपर्ने, वाणिज्य बैंकका सहाया कम्पनीलाई एक अर्ब चुक्ता पुँजी कायम गरी तत्काल ब्रोकर लाईसेन्स दिनुपर्ने माग रहेको छ ।

कमिशन ब्रोकर र पुर्ण ब्रोकरहरुको वर्गिकरण गरेर पुँजी बढाउन लगाई २ वर्षभित्र कमिशन ब्रोकरको ५० करोड र पूर्ण ब्रोकरको १ अर्ब पुर्याउनु पर्ने, ब्रोकरले चलाउने टीएमएस सञ्चालकका लागि स्वीकृती दिनुपर्ने, गैर आवासीय नेपालीलाई लगानी गर्न स्वीकृत दिनुपर्ने माग आन्दोलनकारीको तर्फबाट राखिएको छ ।

मन्त्री लगायत उच्च तहका व्यक्तिले सेयर बजारका विषयमा नकारात्मक अभिव्यक्ति दिन बन्देज लगाउनुपर्ने, ब्रोकरको कमिशनको माथिल्लो बिन्दु यथावत राखी तल्लो बिन्दु खुला छोडेर प्रतिस्पर्धी कमिशन दर तय गर्नुपर्ने र सेयर कारोबार लाग्दै आएको अन्य शुल्क घटाउनुपर्ने माग रहेका छन् ।

राष्ट्र बैंकले लगाएको ४/१२ को नीति परिमार्जन गर्नुपर्ने, दीर्घकालिन लगानीकर्ताका लागि ३ प्रतिशत मात्रै पुँजीगत लाभकर लाग्ने गरी घटाउनु पर्ने माग पेश गरेका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार