29.1 C
Kathmandu

नेवारी रक्सीलाई अन्तर्राष्ट्रिय ब्राण्डिङदेखि बहुतले पार्किङ बनाउनेले विशेष छूटसम्मको निर्णय गरे बालेनले

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेवारी रक्सिलाई अन्तर्राष्ट्रिय ब्राण्डिङदेखि बहुतले पार्किङ बनाउनेले विशेष छूटसम्मको निर्णय गरेका छन् ।

आइतबार बसेको नगर सभा बैठकबाट बालेनले उक्त निर्णय गराएको हुन् । उनको निर्णयले काठमाडौं उपत्यकासहितका नेवारी समाजले विशेष कार्य तथा शुभ कार्यको बेला प्रयोग गर्ने नेपाली मदिरा अ‍ैलाको ब्राण्डिङ हुने भएको छ ।

यसले समग्र नेवारी समूदायलाई शुशी बनाउनुका साथै नेपालको नयाँ प्रडक्टको समेत विकास गराएको छ । काठमाडौं उपध्यकामा बहुतले पार्किङ बनाउनेलाई विशेष छूट दिइने भएको छ ।

काठमाडौंमा बहुतले पार्किङ बनाउनेलाई महानगरको सहुलियत, सार्वजनिक सवारीमा जीपीएस जडान गर्ने निर्णय महानगरले गरेको छ । यसका लागि महानगरले बहुतले पार्किङ निर्माण गर्न इच्छुक निजी कम्पनीलाई सहुलियत दिने भएको छ।

आगामी आर्थिक वर्ष २०७/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र साहले यस्तो घोषणा गरेका हुन्। महानगरपालिकाभित्र प्रमुख समस्यामा रहेको पार्किङलाई व्यवस्थित गर्न यस्ता बहुतले पार्किङ निर्माणका लागि यस अघि नै नगर विकास कोषले पनि प्रक्रिया अगाडि बढाइरहेको छ। त्यसलाई नै थप व्यवस्थित गर्ने गरी बहुतले पार्किङ बनाउने निजी क्षेत्रलाई प्रोत्साहन गर्न लागिएको हो।

महानगरले सार्वजनिक सवारीमा जीपीएस जडान गरिने भएको छ। साथै, खुल्ला मञ्चसँगैको जग्गामा बोरिङसहितको भुमिगत पार्किङ निर्माण गर्न सम्भाव्यता अध्ययनलाई अगाडि बढाउने महानगरको नीति तथा कार्यक्रममा आएको छ।

सार्वजनिक यातायातलाई व्यवस्थित गर्न कम्पनी स्थापना गरी काठमाडौं उपत्यकाभित्र संचालन सबै सवारी साधनलाई एउटै छाता संघठनभित्र समावेश गर्ने महत्त्वाकांक्षी योजना पनि मेयर शाहले नीति तथा कार्यक्रममा राखेका छन्। यी योजनाहरु उनले मेयरमा उम्मेदवारी दिँदादेखि नै उल्लेख गर्दै आएका हुन्।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार