29.1 C
Kathmandu

इन्धनमा अहिलेसम्मकै धेरै मूल्यबृद्धि, लिटरमै डिजलमा २७ र पेट्रोलमा २१ रुपैयाँ बढ्यो

काठमाडौं । इन्धनमा चर्को मूल्यबृद्धि भएको छ । नेपाल आयल निगमले सोमबारदेखि नै लागू हुनेगरी लिटरमै डिजलमा २७ र पेट्रोलमा २१ रुपैयाँ बढाएको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको गरको मूल्यबृद्धि अहिलेसम्कै धेरै हो । निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो

बढेको मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ । यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ ।

निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ । खाना पकाउने ग्याँसको मूल्य भने यसपटक नबढाइएको नेपाल आयल निगमले जनाएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार