26.1 C
Kathmandu

कुन प्रदेशले कतिको ल्याए बजेट, यस्तो छ आगामी आवको प्रादेशिक बजेट विवरण

काठमाडौं । आगामी आर्थिक वर्षका लागि सातै प्रदेशले बजेट ल्याएका छन् । बजेटमा प्राथमिकता र बजेटका लागि तोकिएको प्रमुख विषयलाई समेटेर बजेट ल्याइएको छ । यस्तो छ आगामी आर्थिक वर्षको बजेटको विवरण

प्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड
प्रदेश नम्बर १ ले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । वुधबार १ नम्बरको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आवको लागि उक्त बजेट सार्वजनिक गरेका हुन् ।

१ नम्बर प्रदेशको यस्तो बजेट अनुसार आन्तरिक राजस्व आम्दानीबाट ४ अर्ब ९८ करोड ४५ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड १४ लाख रुपैयाँ, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख रुपैयाँ र सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड रुपैयाँ प्राप्त हुने गरी बजेट तयार पारिएको छ ।

यो प्रदेशले समपूरक अनुदान ९२ करोड रुपैयाँ र विशेष अनुदान मार्फत ४७ करोड ५० लाख रुपैयाँ प्राप्त गर्ने बजेट वक्तव्यमा उल्लेख छ । यो बजेटमा राजस्व तथा वित्तीय हस्तान्तरणबाट ३५ अर्ब ९६ करोड ६० लाख रुपैयाँ खर्च व्यहोरिने छ । नगद मौज्दातबाट ३ अर्ब ५१ करोड ५५ लाख रुपैयाँ र वैदेशिक अनुदानबाट २५ करोड ६८ लाख रुपैयाँ जुटाइने उल्लेख छ ।

मधेश प्रदेशको बजेट ४६ अर्ब ८८ करोड
मधेस प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको छ । मधेश प्रदेशको प्रदेश सभा वैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रस्तुत गरेका उक्त बजेटमा चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार रुपैयाँ र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार रुपैयाँ रहेको छ ।

मधेश प्रदेशले प्रस्तुत गरेको कुल बजेटमा चालू खर्च ४६.४४ प्रतिशत र पुँजीगत खर्च ५३.२१ प्रतिशत रहेको छ । यो बजेटमा वित्तीय व्यवस्थापनबाट १६ करोड २४ लाख ५६ हजार २ सय रुपैयाँ अर्थात ०.३५ प्रतिशत जुटाइने उल्लेख छ ।

मधेश प्रदेशले ल्याएको यस्तो बजेटमा राजस्व परिचालनबाट ४ अर्ब १८ करोड ९३ लाख ७५ हजार रुपैयाँ, विभिन्न कोषमा रहेको रकम ३८ करोड, संघबाट पाउने राजस्व वाँडफाँड बापत पाउने ११ अर्ब ६१ करोड ५८ लाख रुपैयाँ संकलन हुने बजेट बक्तव्यमा उल्लेख छ ।

यो प्रदेशले संघबाट पाउने समानीकरण वापतको अनुदान रकम ७ अर्ब ८१ करोड ५८ लाख रुपैयाँ, विशेष अनुदान ४९ करोड रुपैयाँ, समपूरक अनुदान ७८ करोड रुपैयाँ, सतर्श अनुदानको १० अर्ब ६ करोड ५१ लाखरुपैयाँ सहितको स्रोतलाई आगामी आवको बजेटमा समावेश गरेको छ ।

यो प्रदेशले जम्मा ४५ अर्ब ४ करोड रुपैयाँको स्रोत तय गरेर तयार पारेको बजेटमा १ अर्ब ८२ करोड रुपैयाँको घाटा बजेटलाई भने आन्तरिक ऋण परिचालन गरेर जम्मा पार्ने पनि बजेट बक्तव्यमा उल्लेख छ ।

बागमती प्रदेशको बजेट ७० अर्ब ९३ करोड
बागमती प्रदेशले वागमति प्रदेशको बजेट ७० अर्ब ९३ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको हो । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले बुधबार ल्याएको यस्तो बजेटमा चालू खर्चतर्फ १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ र पूँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख रुपैयाँ बजेट रहेको छ ।

यो बजेटमा वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ बजेट र वित्तीय व्यवस्थातर्फ २ अर्ब रहेको छ । यो प्रदेशले ल्याएको बजेटमा ७१ अर्ब रुपैयाँ बराबरको स्रोत संघमा निर्भर भएको छ ।

यो प्रदेशले कर राजस्वबाट २६ अर्ब ९७ करोड ११ लाख रुपैयाँ, अन्य राजस्वबाट ६ अर्ब २२ करोड ४४ लाख रुपैयाँ स्रोत जुटाउने भएको छ । चालू आर्थिक वर्षको अनुमानित सञ्चित बचत कोष र अन्य प्राप्तिबाट १६ अर्ब ६७ करोड ५० लाख ब्यहोरिने बागमती प्रदेश सरकारले जारी गरेको बजेट बक्तव्यमा उल्लेख छ ।

गण्डकी प्रदेशले ल्यायो ३५ अर्ब ९० लाखको बजेट
गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ ।

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बरालले बुधबार प्रदेश सभाको बैठकमा पेश गरेको यस्तो बजेटमा चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख रुपैयाँ र पुँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख रुपैयाँको रहेको छ ।

यो बजेटमा वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ, स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ११ करोड १० लाख रुपैयाँ छ ।

आगामी आर्थिक वर्षको बजेटको खर्च बेहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानमार्फत ७ अर्ब ९२ करोड रुपैयाँ, राजस्व बाँडफाँडबाट प्राप्त ९ अर्ब २३ करोड रुपैयाँ, सशर्त अनुदानतर्फ ६ अर्ब ९१ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

यो बजेटमा समपुरक अनुदाबाट ८३ करोड रुपैयाँ, विशेष अनुदानबाट ८६ करोड रुपैयाँ प्राप्त हुने अनुमान छ । यो प्रदेशको आन्तरिक राजस्वबाट ५ अर्ब ९ करोड रुपैयाँ र रोयल्टी बाँडफाँडबाट ३२ करोड रुपैयाँ प्राप्त हुने अनुमान छ ।

चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा २ अर्ब ७१ करोड रुपैयाँ खर्च हुन नसकेर मौज्दात रहने अनुमान गरिएको छ ।

कर्णाली प्रदेशको बजेट ३२ अर्ब ६१ करोड
कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट ल्याएको छ ।

कर्णाली प्रदेशको बुधबार बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले प्रस्तु गरेको यो बजेटमा चालूतर्फ ९ अर्ब १६ करोड ९९ लख १० हजार र पूँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार रुपैयाँ रहेको छ ।

यो बजेटमा संघले वित्तीय हस्तान्तरणबाट ४ अर्व १ करोड ५७ लाख २९ हजार रुपैयाँ उपब्ध गराउने भएकोले उक्त रकमलाई समेटेर बजेट तयार पारिएको उल्लेख छ । यस्तो रकममा समपूरक वापत १ अर्ब २१ करोड ५० लाख, विशेष अनुदान वापत ६६ करोड ८० लाख प्राप्त हुने उल्लेख छ ।

वैदेशिक सहायताबाट सञ्चालित हुने कार्यक्रम तथा आयोजना कार्यान्वयनका लागि २ करोड ५ लाख ४ हजार रुपैयाँ जम्मा हुने गरी बजेट तयार पारिएको छ ।

यो बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ७१ करोड २९ लाख ७४ हजार रुपैयाँ, चालु आर्थिक बर्षको खर्च नभएर बाँकी रहन जाने अनुमानित रकम ४ अर्ब ५५ करोड ४५ लाख ८५ हजार रुपैयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँट वापत प्राप्त हुन आएको रकम ९ अर्ब २ करोड २० लाख रुपैयाँ रहेको छ ।

वित्तिय समानीकरण अनुदानबाट प्राप्त हुन आएको १० अर्ब ७२ करोड ६४ लाख रुपैयाँ र सशर्त अनुदानबाट ५ अर्ब ६९ करोड ६७ लाख .रकम प्राप्त हुने गरी बजेट तय भएको उल्लेख छ ।

सुदुरपश्चिम प्रदेशको बजेट ३६ अर्ब ७४
सुदुरपश्चिम प्रदेशले ३६ अर्ब ७४ करोड ६४ लाख रुपैयाँको बजेट ल्याएको छ । सुदूरपश्चिम प्रदेश सभाको बुधवारको बैठकमा यस प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्ष २०७९/८० को लागि आय व्ययको विवरण सार्वजनिक गरेका हुन् ।

सुदूरपश्चिम यो बजेटमध्ये चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख ६४ हजार रुपैया र पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार रुपैयाँ रहेको छ । यस्तो बजेटमा चालू खर्च ३३.४६ प्रतिशत पुँजीगत खर्च ६५.७४ प्रतिशत रहेको छ ।

सुदुरपश्चिम सरकारले ल्याएको यो बजेटको स्रोतमा राजस्वबाट २ अर्ब रुपैयाँ, चालु आर्थिक बर्षमा खर्चबाट बचत हुने अनुमानित रकम ७ अर्ब रुपैयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँट वापत प्राप्त हुने ९ अर्ब ६० करोड रुपैयाँ छ ।

संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान वापतको ९ अर्ब २० करोड रुपैयाँ, सशर्त अनुदानको ६ अर्ब रुपैयाँ र संघीय रोयल्टीबाट ४ करोड २८ लाख रुपैयाँ प्राप्त हुने गरी बजेट तय भएको छ ।

संघबाट प्राप्त हुने रकममा अन्तर सरकारी वित्त हस्तान्तरण तर्फ १ अर्ब ३६ करोड ४० लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ ३० करोड राखेर सुदुरपश्चिम प्रदेशले बजेट बनाएको छ ।

लुम्बिनी प्रदेशले ल्यायो ४२ अर्ब ६३ करोडको बजेट
लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको छ । लुम्बिी प्रदेशको बुधवारको बैठकमा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले आगामी आवको लागि अनुमानित आय व्यय विवरण पेश गरेका छन् ।

लुम्बिनीको बजेटमा चालू खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार र पुँजीगत खर्चतर्फ २४ करोड ४७ लाख ५२ हजार रुपैयाँ रहेको छ ।

यो बजेट कुल बजेटको चालूतर्फ ३१.२६ प्रतिशत र पुँजीगतफर्त ५७.४१ प्रतिशत रहेको छ । यो बजेटमा वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदान मार्फत ४ अर्ब ८३ करोड १० लाख रुपैयाँ संघबाट आउने उल्लेख छ ।
लुम्बिनीले तय गरेको यो बजेटमा आन्तरिक राजस्वबाट ३ अर्ब १० करोड ५९ लाख रुपैयाँ, संघ प्रदेशको राजस्व बाँडफँडबाट १५ अर्ब ३५ करोड ३४ लाख रुपैयाँ, रोयल्टीबाट ७० करोड रुपैयाँ प्राप्त हुने अनुमान छ ।

संघबाट प्राप्त हुने ८ अर्ब ५४ करोड १७ लाख रुपैयाँको समानीकरण अनुदान, ८ अर्ब ७१ करोड २२ लाख रुपैयाँको समानीकरण अनुदान, ७३ करोड ९० लाख रुपैयाँको समपूरक अनुदान, ४८ करोड रुपैयाँको विशेष अनुदानलाई समावेश गरेर बजेट तय भएको छ ।

चालू आर्थिक वर्षको बजेटबाट प्राप्त हुने ४ अर्ब रुपैयाा र आन्तरिक ऋणबाट १ अर्ब रुपैयाँ प्राप्त हुने अनुमानका आधारमा लुम्बिनी प्रदेशले आगामी आवको बजेट बनाएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार