23.1 C
Kathmandu

सातै प्रदेशको बजेट ३ खर्ब ५ अर्बको, सबैभन्दा ठूलो बागमती र सानो कर्णालीको

काठमाडौं । सातै वटा प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३ खर्ब ५ अर्ब ४६ करोड रुपैयाँको अनुमानित आय व्ययको विवरण (बजेट) सार्वजनिक गरेका छन् । संवैधानिक व्यवस्था अनुसार वर्षेनी १५ जेठमा संघीय बजेट आउने र १ असार प्रदेशको बजेट आउने गरेको छ ।

प्रदेशले संघले दिएको अनुदान रकमलाई समावेश गरेर वर्षेनी बजेट बनाउने भएकोले पहिले संघको, त्यपछि प्रदेशको आउने गरेको छ । प्रदेशले दिएको बजेटसमेतलाई आधार बनाएर अब स्थानीय तहको बजेट आउने छ ।

बुधबार सार्वजनिक भएको बजेटमा सबैभन्दा ठूलो बजेट बागमती प्रदेशको छ । यो प्रदेशको आगामी आवको बजेट ७० अर्ब ९३ करोड ९३ लाख रुपैयाँको छ । आगामी आवको लागि अन्य प्रदेशसँगको तुलनात्मक रूपमा कम बजेट भने कर्णाली प्रदेशको छ । कर्णालीले ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँको बजेट ल्याएको छ ।

प्रदेशगत रूपमा हेर्दा दोस्रो ठूलो बजेट मधेश प्रदेशको छ । यो प्रदेशले ४६ अर्ब ८८ करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ । लुम्बिनी प्रदेशको ४२ अर्ब ६३ करोड ३५ लाख, प्रदेश १ को ३९ अर्ब ७३ करोड ८३ लाख, सुदुरपश्चिम प्रदेशको ३६ अर्ब ७४ करोड ६४ लाख र गण्डकी प्रदेशले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट आएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार