26.1 C
Kathmandu

निर्यातमा ८ प्रतिशत नगद प्रोत्साहन सिमेन्ट उद्योगका लागि सकारात्मक

काठमाडौं । सरकारले ल्याएको २०७९/८० को बजेटबाट स्वदेशमा स्थापित सिमेन्ट/ क्लिङ्कर उत्पादन गर्ने उद्योगहरु संरक्षण तथा सम्वद्र्धन गर्न र देशको व्यापारघाटा कम गर्दै निकासिमा नगद प्रोत्साहन दिने विषयलाई सिमेन्ट उद्योग संघले स्वागत गरेको छ ।

उद्योगहरुले उपभोग गर्ने विद्युत महशुलमा छुट दिईएको व्यवस्थाको स्वागत गर्दै यस संघ नेपाल सरकार अर्थ मन्त्रालय, अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति लगायतलाई संघले ध्रन्यावादन पनि दिएको छ ।

संघले निर्यातलाई प्राथमिकतामा राखेर निर्यातका उच्च संभावना भएका वस्तुहरुमा सिमेन्ट र क्लिङ्करलाई समावेश गरी यसको निर्यातमा ८ प्रतिशत नगद प्रोत्साहन दिने व्यवस्था स्वदेशी उत्पादनमुलक उद्योगहरुको हितमा रहेको बताएको छ ।

यसवाट देशमा प्रचुर मात्रामा रहेको कच्चा पदार्थ चुनढुङ्गाको उपयोगमा उल्लेखनीय वृद्धि हुुनुका साथै यि उद्योगहरु पुर्ण क्षमतामा संचालन भएमा रु. १५० अरव भन्दा वढि रकमको निकाशी गर्ने सम्भावना रहेको छ । यसले देशमा चुलिएको व्यापार घाटा कम गर्न र अमुल्य विदेशी मुद्रा सञ्चिति गर्नमा उल्लेखनीय सहयोग पुग्ने अपेक्षा पनि संघको छ ।

बजेटवाट देशको औद्योगीक क्षेत्रको विकास गर्न एंव निर्यात प्रर्वद्धन गरी आयात प्रतिस्थापन गर्न योगदान पुग्ने गरी भएको वार्षिक १० करोड भन्दा वढि रकमको विद्युत खपत गर्ने उद्योगहरुलाई विद्युत महशुलमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था सकारात्मक रहेको पनि उनको भनाइ छ ।

यसले देशको औद्योगीकीकरणमा योगदान पुग्ने र स्वदेशमा उत्पादित विद्युतको खपत स्वदेशमा नै हुने वातावरण सिर्जना हुने विश्वास हामीले लिएका छौं ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार