26.1 C
Kathmandu

४० अर्ब खर्चेको विमानस्थलमा जहाज ओर्लदैन, काठमाडौंमा ल्याण्ड हुन नसकेको जहाजसमेत भैरहवा जाँदैन किन ?

काठमाडौं । सरकारले करिब ४० अर्ब रुपैयाँ खर्चेर तयार पारको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयारी अवस्थामा छ ।औपचारिक रुपमा तयार भएको यो विमानस्थलमा २ जेठदेखि कुवेतको जजिरा एयरलाइन्सले उडान सुरु गरेको छ ।

जजिराले साताको ३ दिन नियमित उडान सुरु गरिसेकेको विमानस्थलमा अरु अन्तर्राष्ट्रिय उडानको भने सुरुवात भएको छैन् । विमानस्थल तयार भएर औपचारिक रुपपमा उडान गर्ने हुँदा समेत काठमाडौंको विकल्प भनेर बनाइएको विमानस्थलमा अरु जहाज भने अवतरण भएका छैनन् ।

बुधबार साँझ काठमाडौंमा भारी बर्षा हुँदा अन्तर्राष्ट्रिय उडानसमेत अवतरण हुन सकेनन् । अवतरण हुन नसकेका भारतबाट आएको इण्डिगो र विस्तारा एयरलाइन्स भारतको लखनउ डाइभर्ट भएका छन् । काठमाडौं आएसकेको विमानस्थल भैरहवा गएर फेरि अनुकुल हँुदा आउन सक्ने हुँदा हुँदै पनि किन फर्किएर लखनउ नै गयो त ?

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएको र प्राविधिक रूपमा कुनै समस्या नहुँदा र जहाज अवतरण गर्न सक्ने हुँदाहुँदै पनि डाइभर्ट भएका जहाजसमेत अन्तै गएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार भैरहवा विमानस्थल तयारी अवस्थामा रहेको र जुनसुकै अन्तर्राष्ट्रिय वायुसेवाले अवतरण गर्न सक्ने छन् ।

‘काठमाडौं अवतरण गर्न नसकेको र डाइभर्ट भएका विमान भैरहवा जान आफैं तयार नभएका कारण भारत नै फर्किएका हुन्,’ सिटौलाले भने,‘भैरहवा विमानस्थलमा डाइभर्ट गरेर गएका जहाजका यात्रुलाई खाना खुवाउने, चालक दलले खाने बस्ने तयार यात्रुलाई राख्ने व्यवस्था सहजै हुनुपर्छ ।’

त्यो व्यवस्था नभएका कारण भैरहवा नगएको हुनसक्ने बुझाई सिटौलाको छ । उनका अनुसार अन्तर्राष्ट्रिय उडानका वायुसेवाले गन्तव्यमा पुग्न नसके डाइभर्ट भएर जाने विमानस्थलको लागि पेश गरेको फ्लाइट प्लानमा जहाँ पेश गरेको छ त्यही जानुपर्ने हुन्छ ।

नेपाल आएका भारतीय तथा अन्य वायुसेवाले आफूलाई अनुकुल विमानस्थलमा अवतरण गर्ने र जहाज कुन विमानस्थलमा अवतरण गर्ने भन्ने निर्णय लिने अधिकार सम्बन्धित जहाज उडाउने क्याप्टेनकै भएको पनि सिटौलाले जानकारी दिए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार