23.1 C
Kathmandu

बीमा कम्पनीलाई पुँजी वृद्धि गर्ने समय असार मसान्त सम्म थपियो 

काठमाडौं /नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीलाई पुँजी वृद्धि गर्ने समय थप गर्ने भएको छ। धेरै कम्पनीले पुँजी वृद्धि गर्न नसकेपछि प्राधिकरणको सञ्चालक समितिको बैठकले तोकिएको पुँजी नपुर्याउने कम्पनीहरूको पूँजी थप गर्ने असार मसान्तसम्मको समय थप गरेको हो ।

बीमा कम्पनीहरूको एक आर्थिक वर्षको नाफा हेरेर थप प्रकृया अघि बढाउन लागिए जनाउँदै पूँजीवृद्धिको समय थप गर्न लागिएको प्राधिकरणले जनाएको छ । बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई चैत मसान्तसम्ममा पुँजी वृद्धिका लागि समय दिएको थियो । 

प्राधिकरणले तोकेको समयमा नेपाल लाइफ इन्स्युरेन्स, शिखर, सिद्धार्थ प्रिमियर र सगरमाथा लुम्बिनी इन्स्युरेन्स कम्पनी गरी जम्मा चारवटा कम्पनीले मात्र पूँजी पुराएका छन् । अन्य बीमामा कम्पनीले मर्जरपछि पनि प्राधिकरणले तोकेको पुँजी पुयाउन सकेको छैन । 

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूले तोकिएको न्यूनतम पुँजी पुर्याउन प्रयास गरिरहेको बताउँदै केही समय थप गरिएको बताए । उनले भने, उहाँहरूले पुँजी वृद्धिका लागि प्रयास गरिरहनु भएको छ । सबै कम्पनीले तोकिएकै अवधिमा पुँजी वृद्धि गर्न सक्ने अवस्था देखिएन । त्यसैले हामीले उहाँहरूलाई केही समय थप गर्ने गरेका हौं । 

प्राधिकरणले बीमा कम्पनीहरूलाई २०७९ चैत मसान्तसम्ममा पुँजी पुर्याउन निर्देशन दिएको थियो । जसअनुसार जीवन बीमा कम्पनीलाई न्यनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई दुई अर्ब ५० करोड रुपैयाँ पुँजी तोकिएको छ। 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार