29.1 C
Kathmandu

राष्ट्रपति र प्रधानमन्त्रीले खर्च कटौतीको शुरुवात आफैँबाट थाल्नु पर्छः महामन्त्री थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको आर्थिक अवस्था संकटग्रस्त रहेका बताउँदै अनावश्यक खर्चलाई कटौतीको शुरुवात राष्ट्रपति र प्रधानमन्त्री आफैले थाल्नु पर्ने बताएका छन् ।

काठमाडौंमा बुधबार नेपाल वित्तीय संस्था कर्मचारी संघको राष्ट्रिय महाधिवेशनमा बोल्दै काँग्रेस महामन्त्री थापाले खर्च कटौती गर्न राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या घटाउन आग्रह गर्दै मुलुकको आर्थिक अवस्था संकटग्रस्त रहेकोले सबैले अत्यावश्यकबाहेक खर्च कटौती गर्नुपर्नेमा जोड दिए ।

महामन्त्री थापाले भने, अहिले हामी अप्ठ्यारो अवस्थामा छौँ । जब राष्ट्रपति, प्रधानमन्त्रीदेखि तलसम्म सबैले अप्ठ्यारो परेका वेला अत्यावश्यकबाहेकको खर्चलाई हामी कटौती गर्दै मितव्ययी हुँदै छौँ भनेर भन्न सक्नुपर्छ, उनले अगाडी भने प्रधानमन्त्री पुष्पकमल दाहालले मैले मेरो सचिवालयको सदस्यबाट घटाएर सुरु गरें भन्न सक्नुपर्छ अनि राष्ट्रपतिले मलाई १२ जना, १५ जना सल्लाहकार राख्ने सुविधा दिएको भएपनि म पाँचजना मात्रै राख्छु वा म तीनजना मात्र राख्छु भन्न सक्नुपर्छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार