24.1 C
Kathmandu

महासंघका वरिष्ठ उपाध्यक्षमा अञ्जन प्यानलको घोषणा

काठमाडौँ / चैत २९ मा हुनगइरहेको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा व्यवसायी अञ्जन श्रेष्ठले आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।

बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै श्रेष्ठले आफनो प्यानल सहित उम्मेदवारी घोषणा गरेका हुन । उनले जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्रका लागि आफूले उम्मेदवारी दिएको बताएका छन ।

श्रेष्ठको प्यानलमा जिल्लानगरतर्फका उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगतर्फका उपाध्यक्ष मनीषलाल प्रधान तथा एसोसिएटतर्फका उपाध्यक्षमा भरतराज आचार्यसहितको टिम रहेका छन् ।

महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि रामचन्द्र संघई र उमेशलाल श्रेष्ठले आ आफ्नो प्यानल सहित उम्मेदवारी घोषणा गरिसकेका छन् । महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ ।

पछिल्लो समयमा सरकारले उद्योगी व्यवसायीका कुरामा खासै ध्यान नदिएकोले यसबाट समग्र उद्योगी व्यवसायी प्रभावित बनिरहेको बताउँदै यो समस्या समाधानका लागि पनि आफूले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएको उनले बताए ।
उम्मेदवारी घोषणा कार्यक्रममा श्रेष्ठले आफनो उम्मेदवारी किन भन्ने विषयमा विस्तृत खाका प्रस्तुत गरेका थिए ।

 

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार