29.1 C
Kathmandu

अर्थतन्त्र समस्यै समस्यामा छ, सम्हाल्ने नेतृत्व चाहियो : निजी क्षेत्र

काठमाडौं । नेपालको अर्थतन्त्र समस्यै समस्यामा रहेकोले तत्काल सम्हाल्ने नेतृत्व आवश्यक रहको निजी क्षेत्रका प्रतिनिधिहरुले बताएका छन् ।

नेपाली कांग्रेसका नेताहरुसँग निजी क्षेत्रका उद्योगी व्यवसायीले उद्योग व्यवसाय गर्न भइरहेको समस्यै समस्या रहेको गुनासो गरेका छन ।

नेपाली कांग्रेसका नेत डा. शेखर कोइराला र महामन्त्री गगन थापासहितको टोलीसँग भएको एक अन्तरक्रियामा निजी क्षेत्रले अर्थतन्त्र खस्कदै जाँदा भोग्नुपरेको समस्याको बेलिविस्तार सुनाए छन ।

अर्थनन्त्रको पछिल्लो अवस्था, विश्वव्यापी आर्थिक मन्दीका कारण नेपाली अर्थतन्त्रमा परेको असर तथा सरकारको नीति नियमका कारण व्यापार व्यवसायमा परेको समस्या सुनाएका छन् ।

निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था तथा उद्योगी व्यवसायी र अर्थविदसहितले कांग्रेस नेता कोइराला र महामन्त्री थापासँग व्यापार व्यवसायमा २० देखि ८० प्रतिशतले घटेको र यसबाट हुन सक्ने संभावित जोखिमको जानकारी गराएका छन् ।

अन्तरक्रियामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो अर्थतन्त्रको अवस्थाबाट कुनै एउटा निश्चित क्षेत्र मात्रै नभएर समग्र आर्थिक प्रणालीमा नै असर परेको बताए ।

उनले भने ‘निजी क्षेत्र, व्यवसायी, बैंक मात्रै होइन सिंगो अर्थतन्त्र संचालमा आउने प्रणालीमा नै समस्या परेको छ । राजस्वले साधारण खर्चसमेत धान्न नसक्ने विकराल अवस्थामा देश पुग्ने देखिएको छ ।’

गोल्छाले भने ‘अर्थतन्त्रको अवस्था यति धेरै समस्यामा पर्न थालिसक्यो कि त्यो असर यस अघि महाभूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता समयमा परेको भन्दा ठूलो असरको रुपमा देखा परिसकेको छ ।’

कार्यक्रममा महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले सरकार र समाजले व्यवसायी तथा निजीक्षेत्रलाई हेर्ने दृष्टिकोण नै गलत भएको बताए । ‘नाफा गर्नु पाप हो भन्ने जसरी व्यवहार गरिन्छ,’ उनले भने, ‘यसरी कसरी व्यवसायीको मनोबल उकासिन्छ र लगानीको वातावरण बन्छ?’

मुरारकाका अनुसार देशमा उद्योग व्यवसाय गर्ने वातावरण नै नभएकोमा चिन्त व्यक्त गरे । मुरारकाले दुखेसो पोख्दै भने निजी क्षेत्रले काम गर्न यति धेरै समस्या छन कि सुनाउन कहाँ जाने भन्ने छैन । यति भने निजी क्षेत्रलाई राज्य र विधायीकाले हेर्ने नजर नै नाफामात्रै गर्छन, धेरै कामाउँछ भन्ने मात्रै भयो । यो क्षेत्रले गरेको राजस्वमा योगदान सरकारले देखेन ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले भने ‘२० प्रतिशत राजस्व घट्ना सरकार आत्तिएर खर्च कटौती गर्नेदेखि करारका कर्मचारी हटाउन विवरण माग्न थालिसक्यो । निजी क्षेत्रको त २० देखि ८० प्रतिशतसम्मले व्यापार खस्किएको छ । यो अवस्थामा हाम्रो हालत के भएको होला ? खै सरकारले सोचेको ?’ उनले कांग्रेस नेता र अब आउने अर्थमन्त्री यही पाटीबाट हुने भएकोले आफूहरुको समस्या समाधान हुनेमा विश्वस भएको पनि बताए ।

उक्त अन्तरक्रियामा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले राज्य संयन्त्र इतिहासकै खराब अवस्थामा रहेको भनाइ राखे । उनले भने ‘कांग्रेस नेता डा. कोइराला, कार्यक्रममा उपस्थित महामन्त्री गगन थापालगायतबाट निजी क्षेत्रले आशा गरेर र अवको अर्थतन्त्र सुधारमा उहाँहरुबाट हुने प्रयास सकारात्मक हुने बताए । देशको अर्थतन्त्रबारे कांग्रेसले स्पष्ट नीति बनाउनला भन्ने अपेक्षा गरेका छौं ।

‘पाटीले घोषणापत्रमा मात्रै राखेर हाम्रो नीति यही हो भनेर हुँदैन, मुलुक चलाउन अर्थसम्बन्धी स्पष्ट नीति र योजना हुनुपर्छ’ शर्माले भने– ‘ जवसम्म अर्थमन्त्रालयको सामान्य अधिकारीले चाहेको बेला बदल्न सक्ने नीति नियम भइरहन्छ तवसम्म यो देशको आर्थिक उन्नति सम्भवै छैन ।’

शर्माले समाजिक सुरक्षाका नाममा नगद बाँड्ने परम्परा बन्द नभएसम्म मुलुकले आर्थिक समृद्धि हासिल गर्दैन् । विश्वका सम्पन्न भनिने राष्ट पनि आर्थिक सहायता बाँडेका कारण असफल भएको उदारहण पनि शर्माले दिए ।

शर्माका अनुसार नेपालमा वार्षिक ५ लाख युवा श्रम बजारमा आउँछन्, हामीले मुस्किलले १८ हजारलाई रोजगारी दिन सक्छौँ । यस्तो मुलुकमा नगद बाँडेर हुँदैन, यसलाई तत्काल रोक्नुपर्ने धारणा शर्माको छ ।

अन्तरक्रियामा अर्थतन्त्रका समस्या र समाधानका गर्न कांग्रेस नेता कोइरालाले आफ्नो तर्फबाट भरपुर प्रयास हुने बताए । कोइरालाले भने ‘हाम्रो पार्टी सधैँ निजी क्षेत्रको विकास र विस्तारको पक्षमा छ ।

तपाईंहरूका सबै समस्या र समाधानका उपायसंसद् र सरकारसामु पु¥याउन प्रयास गर्छु ।’ कोइरालले कांग्रेस निजी क्षेत्रको माग र समस्या समाधान गर्ने विषयमा सधै अग्रसर हुने बताए । अहिलेको अर्थतन्त्रको विषयमा जाकारी लिनुपर्ने समयसान्दर्भिक अवस्था भएको पनि उनले बताए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार