23.1 C
Kathmandu

विष्णु पौडेल बने अर्थमन्त्री, पहिलो निर्णय अर्थ मन्त्रालय अन्तर्गतका सबै काम अनलाइनमार्फत हुने

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल नियुक्त भएका छन् । पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै पहिलो निर्णय अर्थ मन्त्रालय अन्तर्गतका सबै काम कारवाही अनलाइन हुने बताए ।

उनले डिजिटल प्रविधिलाई आत्मसाथ गरेर अवको काम कारवाही अघि बढाउन उक्त निर्णय गरेको बताएका छन् ।
अर्थ मन्त्रालयमा पदभार ग्रहणपछि मन्त्री पौडेलले संकटको डिलमा पुगेको अर्थतन्त्रलाई आफूले सुधार गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

उनले कर्मचारीलाई कुनै असहज अवस्था सिर्जना नगर्ने र आफूबाट कुनै कमी कमजोरी भए सच्चाउन सुझाव दिन पनि आग्रह गरेर । उनले कर्मचारीमाथि राम्रो व्यवहार गर्ने भन्दै अर्थतन्त्रलाई सुधार्न आफ्नो प्रयास सफल हुने बताए । पौडेल तेस्रो पटक अर्थमन्त्री भएका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार