23.1 C
Kathmandu

ब्याजदर अन्तर घट्यो, अब कर्जाको ब्याज सस्तो होला ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइवार साँझ मौद्रिक नीतिको समीक्षामार्फत कर्जा र निक्षेप बीचको ब्याजदर अन्तर (स्प्रेड दर) घटाएको छ ।

चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले स्प्रेड दरलाई ०.४ प्रतिशत विन्दुले घटाएको छ ।

ब्याजर अन्तर घटेपछि अब वाणिज्य बैंकहरुले ४ प्रतिशत मात्रै लिन पाउने छन । यस अघि वाणिज्य बैंकहरुले लिन ब्याजदर अन्तर ४.४ प्रतिशत थियो ।

मौद्रिक नीतिले ५ प्रतिशत रहेको विकास बैंक र वित्त कम्पनीहरुको ब्याजदर अन्तर पनि ४.६ प्रतिशतमा झारिएको राष्ट्र बैंकको प्रवक्ता गुणाकर भट्टले जानकारी दिए ।

यसबाट बैंक तथा वित्तीय संस्थाहरुलेकर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा गरिएको भट्टले बताए । प्रिमियमसम्बन्धी व्यवस्थाको नियमित अनुगमन समेत गरिने पनि समीक्षामा उल्लेख छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार