29.1 C
Kathmandu

प्रभावकारी आर्थिक कूटनीतिले मात्र मुलुकको समृद्धि सम्भवः विज्ञ

काठमाडौं / देश विकासका लागि प्रभावकारी आर्थिक कूटनीति अवलम्बन गर्नुपर्नेमा विभिन्न विषयका जानकारले जोड दिएका छन् । नेपाल विश्व सम्बन्ध परिषद्ले विहिबार आयोजना गरेको ‘नेपालको समृद्धिमा आर्थिक कूटनीति’ सम्बन्धी अन्तक्र्रियामा उनीहरुले अनुभवी व्यक्ति नियोगमा नियुक्त भएमा मात्र आर्थिक कूटनीतिका सम्बन्धमा धेरै कार्य गर्न सकिने धारणा राखेका हुन ।

कार्यक्रममा परिषद्का अध्यक्ष हेमन्त खरेलले शीतयुद्धको अन्त्यपछिको घटनाक्रमले विदेश नीतिमा परम्परागत दृष्टिकोणलाई पुनःविचार गर्न राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारमा बढ्दो आर्थिक गतिविधिबाट विश्वव्यवस्थामा आएको परिवर्तनले आर्थिक कूटनीतिको आवश्यकता बढाएको बताए ।

सन् १९९० मा प्रजातन्त्रको पुनःस्थापनापछि नेपालले परराष्ट्र मन्त्रालय र विदेशमा रहेका नियोगमार्फत आर्थिक कूटनीतिलाई संस्थागत र अभ्यास गर्ने प्रयास गरेको हो । उनले आर्थिक कूटनीतिका प्रमुख विशेषताको खोजी गर्दै नेपालको आर्थिक कूटनीतिक अनुभवलाई पुनरावलोकन गरेर विश्वव्यापीकरणको युगमा देशको विकास र सफलताका लागि परराष्ट्र मन्त्रालयले पुलको सम्बन्धका आधारमा कूटनीति सञ्चालन गरी आपसी सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष खरेलले देशको आर्थिक, राजनीतिक र रणनीतिक हितलाई अगाडि बढाउने औजारका रूपमा आर्थिक कूटनीतिलाई सुदृढ गर्ने रणनीतिमा लाग्नुपर्ने बताए । कूटनीतिक नियोगमा काम गर्ने कूटनीतिज्ञलाई अझ बढी ‘ओरेन्टेसन’ र तालिम दिएमा मात्र आर्थिक कूटनीति प्रभावकारी हुने उनको भनाइ थियो ।

कार्यक्रममा डा. अच्युत वाग्लेले अन्तर्राष्ट्रिय र क्षेत्रीय प्रबन्ध व्यवस्थापन गर्ने तरिका, द्विपक्षीयस्तरमा निर्यात र प्रत्यक्ष वैदेशिक लगानी प्रवद्र्धनका लागि गर्नुपर्ने गृहकार्यको आवश्यक तयारी गर्नुपर्ने उल्लेख गरे । उनले परराष्ट्र मन्त्रालयद्वारा निर्देशित कूटनीतिक नियोगद्वारा गरिने ठोस कार्य विश्व राजनीतिमा आपसी सम्बन्धको एउटा नमूना आर्थिक कूटनीति रहेकाले आर्थिक कूटनीति प्रयोग गर्दा नीहित स्वार्थभन्दा देशको स्वार्थ सर्वोपरी रहनेगरी प्रयोग गरिनुपर्ने बताए ।

प्रा. डा. विपीन अधिकारीले आर्थिक कूटनीतिक प्रयोगमा अन्तर्राष्ट्रिय कानून र नेपालको संवैधानिक र कानूनी पक्ष तथा मान्यताका बारेमा प्रकाश पारेका थिए । उनले आन्तरिक क्षमताको विस्तार तथा कृषि आधुनिकीकरणमार्फत निर्यात वृद्धि भएमा आर्थिक कूटनीति सबल हुने र देश समृद्धितर्फ जाने बताए ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार