26.1 C
Kathmandu

राहदानीबाट मात्रै एक वर्षमा पाँच करोड राजस्व

नवलपरासी / पूर्वी नवलपरासीमा राहदानीबाट एक वर्षमा पाँच करोड राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा जिल्ला प्रशासन कार्यालयले राहदानीबाट रु पाँच करोड एक लाख ३८ हजार राजस्व सङ्कलन गरेको जिल्ला प्रशासन कार्यालय नवलपुरका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।

यो अवधिमा सात हजार चारसय पाँच जनाले साधारण राहदानी र एक हजार चार सय ७६ जनाले विद्युतीय राहदानी बनाएका भुसालले बताए। भुसालका अनुसार आव २०७७÷७८ मा रु दुई करोड ३४ लाख ३५ हजार, आव ०७६÷७७ मा रु दुई करोड ४७ लाख ६७ हजार ५०० र आव २०७५÷७६ मा रु तीन करोड ३८ लाख ८७ हजार ५०० राजस्व सङ्कलन भएको हो ।

कोभिड–१९ सुरु भएपछि रोकिएको विदेश भ्रमण पनि अहिले सहजरुपमा सञ्चालन भएकाले पासपोर्ट बनाउन आउनेको सङ्ख्या बढेको भुसालले बताए । भुसालका अनुसार राहदानी बनाउन आउनेमा धेरै युवा रहेका छन् । त्यसमा पनि वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि विदेश जानेबाट राहदानीका लागि धेरै आवेदन आउने गरेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार