23.1 C
Kathmandu

भदौपछि शुक्रबारको सेयर कारोबार बन्द, बजार घटाउन खोलिएको जस्तो मात्रै

काठमाडौं । यही भदौमहिनाभर मात्रै शुक्रबार नेप्सेमा सेयरको कारोबार हुने भएको छ । आइतबारको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को बोर्ड बैडकले असोज पहिलो सातादेखि शुक्रबारको सेयर कारोबार नहुने निर्णय गरेको छ ।

त्यो निर्णयसँग अब भदौ महिनाभर मात्रै कारोबार हुने र असोज लागेपछि बन्द हुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

सरकारले १ जेठदेखि आइतवार समेत सार्वजनिक विदा दिएको थियो । उक्त विदा कारण सेयर बजार सातामा २ दिन बन्द हुन पुग्ने भन्दै शुक्रबार कारोवार गर्ने र आइतवार बन्द गर्ने निर्णय नेप्सेले गरेको थियो ।

सरकारको विदाको निर्णय १ महिनामा नै उल्टियो । १ असारदेखि आइतबारको सार्वजनिक विदा हटायो । विदा हटेपछि आइतबार पनि सेयर कारोवार हुन थाल्यो । तर, शुक्रबारको कारोवार भने बन्द भएको थिए ।

उक्त दिनको कारोवार प्रभावकारी नभएको र बजार घटाउन मात्रै खोलिएको जस्तो भएको भन्दै लगानीकर्ताले नै बन्द गर्न आग्रह गरेका थिए । नेप्सेले पनि व्यवहारिक नभएको भन्दै अब शुक्रबारको सेयर कारोवार बन्द गर्ने निर्णय गरेको छ ।

यस्तो निर्णय असोजदेखि लागू हुने भएकोले भदौभरीको शुक्रबार भने शेयर कारोवार हुने छ । अरु दिन ३ बजेसम्म हुने कारोबार शुक्रबार भने १ बजेसम्म मात्रै हुँदै आएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार