29.1 C
Kathmandu

वाणिज्य बैंकहरूबाट १ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप घट्यो, निक्षेप नपाउँदा कर्जा कसरी बढ्यो ?

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरूबाट पछिल्लो एक महिनामा १ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप घटेको छ । निक्षेप नपाउँदा पनि बैंकहरूको कर्जा प्रवाह भने २ अर्ब रुपैयाँले बढेको छ ।

 बैंकर्स संघले आइतबार सार्वजनिक गरेको असार मसान्तसम्मको तथ्यांक अनुसार साउनमा बैंकहरूको निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँबाट घटेर ४४ खर्ब ३३ अर्ब रुपैयाँमा झरेको छ ।
यस्तो निक्षेप संकलन घट्दा बैैंकहरूले प्रवाह गरेको कर्जा लगानी भने २ अर्ब रुपैयाँले बढेको छ । असार मसान्तमा ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह साउन मसान्तमा ४१ अर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ ।
बैंकहरूमा असार मसान्तको तुलनामा साउन पहिलो सातादेखि नै घट्दै गएको निक्षेप निरन्तर घट्दै गएको छ । निक्षेपमा सुधार हुन नसक्दा बैंकहरूको कर्जा प्रवाह पनि न्यून भएको हो ।
बैंकहरूबाट निक्षेप कम हुँदा ठप्प भएको कर्जा प्रवाह साउन अन्तिम सातामा मात्रै २ अर्ब रुपैयाँले बढेको पनि नेपाल बैंकर्स संघले आइतवार जारी गरेको एक तथ्यांकले देखाएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार