26.1 C
Kathmandu

नबिल बैंकले ३ खर्ब १६ अर्ब निक्षेप पुर्याउँदा सिभिलको ९३ अर्ब मात्रै, कुनको कति (सूचीसहित)

काठमाडौं । चालू आवको साउनसम्ममा नबिल बैंकले ३ खर्ब १६ अर्ब निक्षेप पुर्याउँदा सबैभन्दा कम हुने सिभिलकको ९३ अर्ब मात्रै रहेको छ ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार साउन मसान्तसम्ममा सबैभन्दा बढी निक्षेप नबिल बैंकमा छ । यो बैैंकमा ३ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।
यो निक्षेपबाट बैंकले ३ खर्ब ८ अर्ब कर्जा प्रवाह गर्दा निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) भने केन्द्रीय बैंकले तोकेको सीमा भन्दा बढी हुन पुगेको छ ।
राष्ट्र बैंकले साउनदेखि सीडी रेसिया ९० प्रतिशतभन्दा कम बनाउनुपर्ने भनेको भएपनि यो बैंकको भने ९०.९२ पुगेको छ ।
यो अवधिमा सबैभन्दा कम निक्षेप संकलन गर्नेमा भने सिभिल बैंक रहेको छ । यसको साउन मसान्तसम्मको निक्षेप जम्मा ९३ अर्ब २५ करोड रुपैयाँ मात्रै छ ।
यो निक्षेपबाट ८६ अर्ब कर्जा प्रवाह गरेको बैंको सीडी रेसियो भने तोकिएको सीमा भन्दा कम बनाउन सफल भएको पनि छ ।
यो अवधिमा सीमा भन्दा माथि सीडी रेसियो पुर्याउनेमा भने सेञ्चुरी बैंक छ । यो बैंकले ९६ अर्ब ७६ करोड रुपेयाँ निक्षेप संकलन गरेर ९२ अर्ब ६९ करोड रुपैयाँ प्रवाह गर्दा यसको सीडी रेसियो भने ९१.६३ प्रतिशत हुन पुगेको छ ।
यो सीमा केन्द्रीय बैंकले चालू आवदेखि व्यवस्था गरेको अधिकतम सीमा भन्दा माथि हो ।
९० प्रतिशत भन्दा बढी सीडी रेसियोको सीमा बनान नपाइने व्यवस्था राष्ट्र बैंकको छ । यो सीमा नाघ्ने बैंकको नियम राष्ट्र बैंकले गर्छ । यस्तो छ सूची

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार