23.1 C
Kathmandu

८ लाख करदाता थपिए, मुलुकलाई कर तिर्ने नेपालीको संख्या ५२ लाख ६५ हजार पुग्यो

काठमाडौं । पछिल्लो एक वर्षमा नेपालमा ८ लाख करदाता थपिएका छन् । थपिएका कारदातासँगै अब मुलुकलाई कर तिर्ने नेपालीको सखर््या ५२ लाख ६५ हजार पुगेको छ ।

पछिल्लो एक वर्षको अवधिमा ८ लाख करदाता थपिनुले अर्थतन्त्रमा योगदान गर्ने व्यक्त बढेका हुन् । अर्थ मन्त्रालयको तथ्यांक अनुसार स्थायी लेखा नम्बर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमा दर्ता हुने करदाता आर्थिक वर्ष २०७८/७९ को एक वर्षको अवधिमा ८ लाख ४ हजार ४१५ ले थप भएको हो ।

अर्थ मन्त्रालयका अनुसार २०७८ असार मसान्तसम्म नेपालमा ४४ लाख ६१ हजार २७ करदाता रहेका थिए । यो संख्या २०७९ असार मसान्तसम्म आइपुग्दा ५२ लाख ६५ हजार ४४२ रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ । नेपालमा सबैभन्दा धेरै करदाता स्थायी लेखा नम्बर लिनेहरु छन् ।

सरकारले व्यावसायिक स्थायी लेखा नम्बर र व्यक्तिगत स्थायी लेखा नम्बर बढी वितरण गरेको पाइएको छ । करकट्टी गर्ने निकायले लिनु पर्ने स्थायी लेखा नम्बरमा समेत वृद्धि भएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार