29.1 C
Kathmandu

जीवन बीमा कम्पनीको आम्दानी डेढ खर्ब नजिक, मर्जरपछि थप बलिया हुने अनुमान

काठमाडौं । जीवन बीमा कम्पनीको आम्दानी डेढ खर्ब नजिक पुगेको छ । बीमा कम्पनीहरु धमाधम मर्जरमा रहेकोले मर्जरपछि अबको बर्ष थप बलिया कम्पनी हुने अनुमान गरिएको छ ।

जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा करिब एक खर्ब ३९ रुपैयाँको बीमा शुल्क आर्जन गरेको देखिएको छ। आर्थिक वर्ष २०७८/७९ मा १९ जीवन बीमा कम्पनीले एक खर्ब ३८ अर्ब ६४ करोड रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ । जुन कुल बीमा शुल्क आर्जनको २९.९० प्रतिशत हो ।

गत आवमा जीवन बीमा कम्पनीको कुल बीमा शुल्क अघिल्लो अघिल्लो आर्थिक वर्ष २०७७र७८ को तुलनामा १४.६३ प्रतिशतले बढेको समितिले जनाएको छ । आव २०७७/७८ मा जीवन बीमा कम्पनीले एक खर्ब २० अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए।

कुल बीमा शुल्क संकलनमध्ये प्रथम बीमा शुल्क ४१ अर्ब ४४ करोड ७० लाख रहेको समितिले जनाएको छ । नवीकरण बीमा शुल्क ९७ अर्ब १९ करोड ३५ लाख रहेको छ ।

बीमा कम्पनीहरुले असार २०७९ मा मात्रै १७ अर्ब ६७ करोड ४५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जसमध्ये प्रथम बीमा शुल्क ७ अर्ब १० करोड ६० लाख र नवीकरण बीमा शुल्क १० अर्ब ५६ करोड ८६ लाख रहेको छ ।

गत आर्थिक वर्षमा सबै भन्दा बढी बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले ३५ अर्ब ३८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जसमध्ये नवीकरण बीमा शुल्क २८ अर्ब १ करोड १२ लाख र प्रथम बीमा शुल्क ७ अर्ब ३७ करोड २४ लाख छ ।

कुल बीमा शुल्क संकलनमा दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन १८ अर्ब २२ करोड लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। जसमध्ये प्रथम बीमा शुल्क ३ अर्ब ११ करोड ९२ लाख र नवीकरण बीमा शुल्क १५ अर्ब १० करोड ४१ लाख रहेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार