29.1 C
Kathmandu

यातायात व्यवस्थापनमा शक्तिशाली प्राधिकरण बनाउँदै सरकार, विधेयक संसद पुग्यो

काठमाडौैं । सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन शक्तिशाली यातायात प्राधिकरण बनाउँदै छ । यसका लागि सरकारले काठमाडौं उपत्यका यातायात प्राधिकरण गठन गर्ने भएको छ ।

प्राधिकरण गठन गर्न सरकारले विधेयक संसदमा पेश गरेको छ । उक्त विधेयक पारित भएको ३ महिनामा शक्तिशाली यातायात प्राधिकरण बन्ने छ ।

यो प्राधिकरणले यातायात व्यवस्थित रुपमा सञ्चालन गर्ने, रुट अनुमति दिने, भाडा निर्धारण गर्ने, विसौनिको मादपण्ड तय गर्ने, नियमित अनुगमन गर्नेसहितको काम गर्ने भएको छ ।

हाल यातायात व्यवस्था विभाग र सम्बन्धित प्रदेश मातहत रहेको सार्वजनिक यातायातलाई सुधार गर्न सरकारले नै पहल गर्दै छ ।

सरकारले व्यस्थित ढंगबाट सोव दिन र आम जनतातको सरोकारको विषय सम्बोधन गर्ने गरी यस्तो प्राधिकरण बनाउन लागेको हो । यो प्राधिकरणको विधेयक संसदमा छलफलमा छ । संसदबाट पारित भएपनि ऐनेको रुपमा कार्यान्वयन हुने छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार