23.1 C
Kathmandu

मौद्रिक नीतिले घरजग्गाको कारोबार र मूल्य दुबै नघट्ने, केमा प्रभाव पार्ला ?

काठमाडौं । चालू आर्थिक वर्षको मौद्रिक नीतिले घरजग्गा व्यवसायमा प्रभाव नपर्ने भएको छ । मौद्रिक नीतिले घरजग्गा व्यवासायमा ऋण लिन पाउने क्षमता कम बनाएको भएपनि कारोबार भने नघट्ने भएको छ । माग बढी हुने भएपनि बिक्रीमा चाप पर्न सक्छ । जसले गर्दा मूल्य भने नघट्ने भएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले घररजग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको ‘फेयर मार्केट भ्यालु’बीचको अनुपात काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।

यसअघि काठमाडौं उपत्यकाभित्र सरकारी मूल्याङ्कन र बैंकको मूल्याङ्कन गरी काठमाडौं उपत्यकाभित्र ४० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ५० प्रतिशत कायम गरिएको थियो ।

यो व्यवस्थाले व्यक्तिगत रुपमा ऋण लिने ऋणीलार्य प्रभाव परेपनि व्यवसायीकमा कुनै असर नगर्ने पूर्व बैंकर्स भुवन दाहालको भनाइ छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार