26.1 C
Kathmandu

मौद्रिक नीतिपछि लगानीकर्ता उत्साहित, एकैदिन ७ कम्पनीको शेयर मूल्यमा सर्किट

काठमाडौं । मौद्रिक नीतिपछि लगानीकर्ता उत्साहित देखिएका छन् । लगानीकर्ता उत्साहित भएसँगै एकैदिन ७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सोमवार एकैदिन ७ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक, मल्टिपर्पोज फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, युनाइटेड मोदी हाइड्रोपावर, मानुसी लघुवित्त र बलेफि हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।
बजार बढेको दिन पनि ऋणपत्र सहितका विभिन्न १२ कम्पनीको शेयर मूल्य भने घटको छ । आज सबैभन्दा बढी गुमाउनेमा मञ्जुश्री फाइनान्सको ऋणपत्र ५.८७ प्रतिशतले घटेको छ ।
मौद्रिक नीतिपछिको पहिलो दिन ६१ अंकले बढेको शेयर बजार आज पनि ५४.४५ अंकले बढेको छ । आज शेयर बजार २.६२ अंकले बढेर नेप्से परिसूचक २१३२.९६ विन्दूमा पुगेको छ ।
राष्ट्र बैंकले शुक्रवार चालू आवको लागि जारी गरेको मौद्रिक नीतिमा शेयर कर्जाको न्यूनतम सीमा ४ करोडलाई बढाएर १२ करोड पु¥याएपछि अघिल्लो वर्षको नीतिमा करेक्सन भएको भन्दै लगानीकर्ता उत्साहित हुन थालेको देखिएको छ ।
लगानीकर्ता उत्साहित भएर कारोवार बढाउँन थाल्दा दुई दिनदेखि शेयर बजारले उकालो यात्रा तय गरिरहेको छ । सोमवार बजार बढेसँगै कारोवार रकम पनि ४ अर्ब नाघेको छ । लामो समयपछि कारोवार रकम बढेर ४ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।
सोमवार नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये २१४ वटाको ९९ लाख कित्ता शेयरको ६४ हजार पटक कारोवार भएको छ । आइतवारजस्तै सोमवार पनि कारोवार रकम धेरै गर्नेमा शिवम सिमेन्ट रहेको छ । यसको आज १८४० पटक भएको कारोवारबाट १५ करोड रुपैयाँको शेयर खरिद विक्री भएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार