26.1 C
Kathmandu

बजेट भन्दा २ खर्ब ८८ अर्ब बढीको आयात, आयात घटाउने नीतिमा सरकार असफल

काठमाडौं । सरकारको एक वर्षको बजेट भन्दा २ खर्ब ८८ अर्ब रुपैयाँ बढीको आयात एकै बर्ष भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष ०७८/७९ को तथ्यांक अनुसार मुलुकभित्र एक वर्षमा १९ खर्ब २० अर्ब रुपैयाँको बस्तु आयात भएको छ ।

यस्तो आयात हुँदा गत आवको एक वर्षमै मुलुकको व्यापार घाटा १७ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ । यो व्यवापार घाटा गत आवको १६ खर्ब ३२ अर्ब रुपैयाँ बजेटभन्दा ८८ अर्ब बढी हो भने आयात २ दर्ब ८८ अर्बले बढी हो ।

सरकारले व्यापार घाटा कम गर्न तथा आयात घटाउन कडाइ गरेको र केही वस्तुको आयातमै प्रतिवन्ध लगाएको छ । तर, सरकारको प्रयास भने असफल देखिएको छ । अत्यावश्यक वस्तु मात्रै नभई विलासिताका वस्तुको उच्च आयातले व्यापार घाटा चुलिएको हो ।

आर्थिक वर्ष ०७८/७९ मा व्यापार घाटा २३ प्रतिशतले बढेर १७ खर्ब २० अर्ब ४१ करोड रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांक छ । जब कि ०७७र७८ मा यस्तो घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँ मात्रै थियो ।

अर्थतन्त्र जोखिमपूर्ण भइरहँदा पेट्रोलियम पदार्थ, सुन, मोबाइल, एमएस बिलेटसँगै स्वदेशमै उत्पादन गर्न सकिने खाद्यवस्तुको आयात पनि उच्च दरले बढेको छ, जसले गर्दा व्यापार घाटा वृद्धि भएको हो ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार