29.1 C
Kathmandu

काठमाडौका सडकमा मागेर खानेलाइ निषेध, घरघर जाने जोगि सन्तलाई भने छुट

काठमाडौंको सार्वजनिक स्थलमा भिख माग्न रोक लागेको छ ।
काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा भिख माग्न रोक लगाएको छ।

महानगरपालिकाले आज सार्वजनिक सूचना जारी गर्दै १० दिनभित्र सार्वजनिक स्थलमा भिख माग्ने कार्य बन्द गर्न निर्देशन दिएको छ। निर्देशनको अवज्ञा गरे प्रचलित कानून ‍अनुसार कारबाही गर्ने चेतावनी दिएको छ।

सूचनाको उल्लङ्घन गरेमा सम्बद्ध सरोकारवाला निकायहरूको समन्वय र सहकार्यमा मुलुकी अपराध संहिता, २०७४ को दफा १२६, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत सूचित गरिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार