26.1 C
Kathmandu

मर्जर प्रोत्साहनले वाणिज्य बैंकको संख्या धमाधम घट्दै, १५ वटा भए पुग्ने

काठमाडौ  । नेपाल राष्ट्र बैंकको मर्जर नीतिले वाणिज्य बैंकहरूको संख्या धमाधम घट्दै जान थालेको छ । ३२ वटा पुगेका वाणिज्य बैंकमा ५ वटा घटिरहेको छ । तत्कालै अर्को ३ वटा घट्ने पक्का भएको छ । अझै केही घट्ने रास्ट्र बैंकले बताएको छ । बैंकहरूको संख्या १५ वटा भए पुग्ने राष्ट्र बैंक को भनाइ छ ।  मर्जरबाट ३ वटा हुन नेपाल राष्ट्र बैंकको स्वीकृति दिएको छ ।

राष्ट्र बैंकको बुधवार बसेको सञ्चालक समितिको बैठकले ग्लोबल आईएमई बैंक तथा बैंक अफ काठमाण्डू र नेपाल इन्भेष्टमेन्ट बैंक तथा मेगा बैंकलाई मर्जरमा जान स्वीकृति दिएको हो ।

यसअघि नबिललाई नेपाल बंगलादेश बैैंक प्राप्ति गर्न स्वीकृति दिइसकेको छ । बुधवार ४ बैैंकलाई २ वटा हुन स्वीकृति दिएसँगै अब ६ वाणिज्य बैंक गाभिएर ३ वटा हुने भएका छन् । नबिलले बंगलादेशलाई प्राप्तिपछिको एकीकृत कारोबारको तयारी नै थालिसकेको छ ।

राष्ट्र बैंकको निर्णय अनुसार यी बैंकले सैद्धान्तिक सहमति पाएको ३ महिनाभित्र मर्जरको सबै प्रक्रिया पूरा गरी अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन दिनुपर्नेछ । मनासिब कारणले ३ महिनाभित्र मर्जरको प्रक्रिया पूरा नभए समय थप गर्नका लागि राष्ट्र बैंकमा आग्रह गर्नसक्ने प्रावधान छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार