26.1 C
Kathmandu

सरकारको जोड विद्युतीय चुलोमा, २ बर्षमै सबै नेपालीलाई भरपर्दो बिजुली

काठमाडौ । सरकारले खाना पकाउने एलपी ग्यासलाई बिस्थापन गरेर बिजुली खपतमा जोड दिने भएको छ । यसका लागि विद्युतीय चुलोमार्फत प्रतिस्थापन गर्न ‘विदेशी ग्यास छोडौँ, स्वदेशी विद्युत जोडौँ’ भन्ने नाराका साथ अभियान सुरु गरेको छ ।

आन्तरिक बिजुलीको खपत बढाउने तथा विदेशी ग्यासको आयातलाई क्रमश: घटाउने लक्ष्यका साथ सरकारले अभियानात्मक, प्रवर्द्धनात्मक रुपमा काम भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जानकारी दिइन्।

राष्ट्रियसभाको आजको बैठकमा आगामी आवको विनियोजन विधेयकमाथि सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफमा ऊर्जामन्त्री भुसालले नेपालको समग्र विकासमा ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको विशिष्ट भूमिका रहेको बताइन्।

मन्त्री भुसालले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्ने गरी योजना बनाइ कार्यान्वयन गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिइन्। उनले भनिन्, ‘मैले मन्त्रालय सम्हालेपछि मासिक २० युनिटसम्म विद्युत खपत गर्ने विपन्न नागरिकलाई नि:शुल्क विद्युत सेवा दिने र मिटर जडान गर्ने व्यवस्था मिलाएको छु।’

देशभरका झन्डै ५२ लाख ग्राहकमध्ये करिब २६ लाख ग्राहकले यो सुविधा पाएका छन्। सिँचाइमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिने गरी प्रति युनिट दुईसम्म महसुल कायम गरिएको छ भने विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहन गर्न ग्राहस्र्थ वर्गको विद्युत महसुल कम गरिएको उनले बताइन्।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार