23.1 C
Kathmandu

बीमा कम्पनीको संख्या आधा घटाउने रणनीति, १० वटा कम्पनी बनाउने तयारी

काठमाडौं । नेपालमा बीमा कम्पनीको संख्या धेरै भएकोले बीमा कम्पनी घटाउने रणनीति बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले गरेको गरेको छ ।

समितिले गत चैत पहिलो साता निर्णय गरेर बीमा कम्पनीहरुलाई पुँजी बृद्धि गर्न निर्देशन दिएको छ । यस्तो निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीहरुले आगामी आवभित्रै पुँजी बृद्धि गर्नुपर्छ ।

यस्तो निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीले साढे २ अर्ब र जीवन बीमाले ५ अर्ब चुक्ता पुँजी पुर्याउँनुपर्छ । यही चुक्ता पुँजी बढाउने बहानामा बीमा कम्पनीको सख्या घटाउन लागिएको बीमा समितिले बताएको छ ।

बीमा समितिका प्रवक्ता राजुरमण पौडेले नेपालमा बीमा कम्पनी धेरै भएकोले सख्या घटाउन दबाब दिन थालिएको बताए । उनका अनुसार २० वटा जीवन बीमा १० वटा र १९ वटा निर्जीवन बीमा कम्पनी पनि जीवन बीमाकै हाराहारीमा १० वटा जति भए पुग्छ ।

बीमा समितिको रणनीति पनि बीमा कम्पनी धेरै भयो भनेर संख्या घटाउनु नै लागेको हो । पुँजी बृद्धिको निर्णयले आधाजसो कम्पनी घट्ने बुझाई समितिको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार