26.1 C
Kathmandu

सूर्या र ज्योति लाईफ इन्स्योरेन्स मर्जर सम्झौता, ५ अर्बको कम्पनी बन्ने

काठमाडौ । सूर्या लाईफ इन्स्योरेन्स र ज्योति लाईफ इन्स्योरेन्स कम्पनीबीच मर्जरको सम्झौता भएको छ । सोमवार दुवै कम्पनीले संयुक्त रूपमा एक अर्को बीमा कम्पनीबीच मर्जर गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स एक बराबर एकको अनुपातमा गाभिए भने नयाँ बन्ने कम्पनीको संयुक्त चुक्ता पुँजी ५ अर्ब रूपैयाँ पुग्ने छ ।
सम्झौता पत्रमा दुवै कम्पनीका संचालक समिति अध्यक्षले हस्ताक्षर गरेका छन् । होटल याक एण्ड यतीमा सम्पन्न उक्त मर्जर सम्झौता कार्यक्रममा दुबै कम्पनीका तर्फबाट संचालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुखसहित सहभागि भएका छन् ।
यी दुबै संस्थाबीच मर्जर गर्ने सम्बन्धमा सैद्धान्तिक सहमतिको लागि सम्झौतापत्र सहित बीमा क्षेत्रको नियामक निकाय बीमा समितिमा निवेदन दिने र बीमा समितिबाट सहमतिपत्र प्राप्त हुनासाथ सम्पती दायित्वको मूल्यांकन (डीडीए) गर्नेसहित विषयलाई अगाडि बढाएर मर्जरलाई अन्तिम रूप दिने भएका छन् ।
बीमा समितिबाट निर्देशित पुँजी वृद्धि गर्नुपर्ने समय सिमाभित्रै चुक्ता पुँजी बृद्धि गर्न र बीमा समितिको निर्देशन अनुसार कम गर्न तयार रहेको दुबै कम्पनीले मर्जरसम्झौतापछि जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । बीमा कम्पनीको संख्या घटाउने, पुँजीको आधार बलियो बनाउने, स्वस्थ प्रतिस्पर्धात्मक वातावरणमा व्यवसाय गर्ने र नियामक निकायको सुपरीवेक्षण क्षमता बढाउन मर्जर सम्झौताले सहयोग पुग्ने अपेक्षा पनि विमा कम्पनीले गरेका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार