29.1 C
Kathmandu

नैतिकता सकिएको मन्त्री जोगाउँदै वायुसेवा निगमका अध्यक्ष अधिकारीलाई बर्खास्तीको उपहार

काठमाडौं । सरकारले नैतिकता सकिएको मन्त्रीलाई जोगाउँदा त्यही मन्त्रीबाट दुव्र्यवहार खेपेका र अश्लील गाली बेइजज्ती खेपेका कर्मचारीलाई भने निलम्बन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेसँगको विवादपछि सरकारले नेपाल वायुसेवा निगम (नेवानिका) अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई निगमको अध्यक्षबाट हटाउने निर्णय गरेको हो ।

अहिले अधिकारीको नेतृत्वमा निगम सञ्चालन गर्दा निगममा थप हानि नोक्सानी हुने देखिएकोले उनी निगमको कार्यकारी अध्यक्षमा रहन योग्य नदेखिएको, अधिकारीलाई निगममा राखिरहँदा निगमको ख्यातिमा आँच आउने र थप वित्तीय हानि नोक्सानी हुने साथै कर्मचारीको मनोबल गिर्न गइ निगमलाई प्रतिकूल असर पर्ने देखिएको भन्दै बर्खास्त गरिएको छ ।

केही दिनअघि पर्यटनमन्त्री प्रेम आलेले अधिकारीलाई अश्लील भाषामा गाली गरेको अडियो सार्वजनिक भएको थियो ।
मन्त्रीलाई नैतिकताको वास्ता नहुने तर कर्मचारीलाई दोषि देखाएर सरकार पन्छिएको आरोप पर्यटन व्यवसायीको छ ।

व्यवसायीले भने नैतिकता सकिएका मन्त्री आलेलाई नै सरकारले बर्खास्त गर्नुपर्ने माग गरेका छन् । व्यसायी संगठनले आलेको बर्खास्ती माग गर्दै एक प्रेस विज्ञप्ति समेत निकालेका छन् ।

त्यसभन्दा अघिदेखि नै अधिकारी र मन्त्रीबीचको सम्बन्धन नराम्रो भइसकको थियो । अधिकारीलाई मन्त्री आलेले नै गत नियुक्त गरेका थिए । मन्त्री आलेले यसअघि नै अधिकारीलाई निलम्बन गर्ने तयारी गरिसकेका थिए ।

मन्त्रीपरिषदको बैठकले उनलाई निलम्बन गरेसँगै नयाँ व्यक्ति कसलाई नियुक्त गरेको भन्ने विषयमा भने जानकारी प्राप्त भएको छैन् ।

पर्यटनमन्त्री प्रेम आले र अधिकारीबीचको अडियो वार्तालाप सार्वजनिक भएको थियो। अडियोमा मन्त्री आलेले अश्लील शब्दले अधिकारीलाई गालीलौज गरेका थिए। स्रोतका अनुसार मन्त्री आले र अधिकारीविरुद्ध टसल हुँदै आएको थियो। सरकारले अधिकारीका विषयमा छानबिन समिति गठन गरेको छ ।

अधिकारीलाई हटाउन पर्यटन मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेको कारणहरु

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार