26.1 C
Kathmandu

ग्यासमा घाटा नब्यहोर्ने आयल निगमको घोषणा, असारभित्रै दुइथरी मूल्यमार्फत भाउ २५ सय पुग्ने

काठमाडौं । ग्यासमा घाटा नब्यहोर्ने आयल निगमको घोषणा गरेको छ । नेपाल आयल निगमले यस अघि अभ्यास गरेर असफल भएको दुईथरी मूल्यलाई पुनः मूल्यांकन गरेर लागू गर्ने तयारी गरेको छ ।

यस अघि गरेको घरायसी र व्यपारिक प्रयोजन जस्तै मूल्य अब फेरि तोक्ने भएको छ । यसका लागि असारभित्रै दुइथरी मूल्यमार्फत भाउ प्रतिसिलिण्डर करिब २५ सय रुपैयाँ पुग्ने छ । यो भाउ व्यवसायिक प्रयोजनका लागि हुने छ भने घरायसी प्रयोजनलाई लागि सस्तोमै ग्यास दिने तयारी सरकारको छ ।

अहिले आयाल निगमलाई ग्यासमा प्रतिसिलिण्डर ७५१ रुपैयाँ घाटा छ । ग्यासको लागत २५५१ रुपैयाँ प्रतिसिलिण्डर रहेको हुँदा ग्यासबाट निगमलाई मासिक घाटा नै ४ अर्ब ७० करोड रुपैयाँ छ ।

खाना पकाउने एलपी ग्यासको दुई थरी मूल्य निर्धारण गर्ने तयारी गरेको छ । इन्धनमा भएको मूल्यवृद्धि बारे जानकारी दिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले औद्योगिक प्रयोजन र घरायसी प्रयोजनका लागि अलग अलग मूल्य निर्धागरण गरिने बताएका हुन् ।

औद्योगिक प्रयोजनका लागि लागत मूल्यमा र घरायसी प्रयोजनका लागि केही सहुलियतमा एलपी ग्यासको मूल्य निर्धारण गर्ने तयारी गरिएको निगमका प्रबन्ध निर्देशक थानीले बताए ।

‘एलपी ग्यास दोहोरो मूल्यमा जाने तयारीमा छौं,’ उनले भने, ‘हामी एकदमै चाँडो ग्यासको दोहोरो मूल्यमा जान्छौं, दोहोरो मूल्य गरेर औद्योगिक प्रयोजनमा परल मूल्यमा जाने र घरायसी प्रयोजनमा सहुलियत दिने, औद्योगिक प्रयोजन र घरायसी प्रयोजनको ग्यास सिलिन्डर चिन्न सिलिन्डरको आकार, ग्यासको गन्ध र सिलिन्डरको रङ पनि फरक बनाउने हो ।’

कार्यकारी निर्देशक थानीले औद्योगिक प्रयोजन र घरायसी प्रयोजनको ग्यास सिलिन्डर चिन्न सिलिन्डरको आकार, ग्यासको गन्ध र सिलिन्डरको रङ फरक बनाउने पनि जानकारी दिए । ग्यासमा दोहोरो मूल्य कायम गनका लागि गुणस्तर तथा नापतौल विभागका महानिर्देशकको नेतृत्वमा विज्ञ सदस्य सहितको समितिले अध्ययन गरिरहेको उनले जानकारी दिए ।

उनले भने, ‘एलपी ग्यास यो कुकिङ ग्यास हो । जनताको चुलोसँग जोडिएको हो । हामी पनि अत्यन्त गम्भीर छौं । अहिले नेपाल आयल निगमको दुई हप्ता अगाडिको सञ्चालक समितिको बैठकले ग्यासमा दोहोरो मूल्य कायम गर्नुपर्छ भन्ने हेतुले गुणस्तर तथा नापतौल विभागको महानिर्देशकको नेतृत्वमा विज्ञ सदस्य सहितको समिति बनाएको छ । त्यो समितिले तीव्र गतिमा अध्ययन गरिरहेको अवस्था छ ।’

समितिको प्रतिवेदन आएपछि सञ्चालक समिति बसेर दोहोरो मूल्य कामय गर्ने गरी अगाडि बढेको थानीले जानकारी दिए ।

कार्यकारी निर्देशक थानीले अर्थ मन्त्रालयले आयल निगमलाई पठाएको पत्रअनुसार चालू आर्थिक वर्षसम्मको लागि पूर्वाधार करमा १० रुपैयाँ कर घटाएको बताए । उनले अर्थ मन्त्रालयको पत्रअनुसार नै निगमको सञ्चालक समितिले प्रतिलिटरमा १० रुपैयाँ घटाउने निर्णय गरेको बताए ।

‘अर्थ मन्त्रालयको निर्णय सम्मान गर्दै पेट्रोलियम पदार्थमा १० रुपैयाँ पूर्वाधार कर घटाइएको हो । त्यो घटेको पूर्वाधर कर घटाउने विषय अर्थ मन्त्रालयले चालू आर्थिक वर्षसम्म मात्रै हो ।

४५ दिनको लागि पूर्वाधार कर समायोजन गर्नु भन्ने विषय रहेको छ । त्यसैको सम्मान गर्दै आयल निगमको सञ्चालक समितिले १० रुपैयाँ घटाउने निर्णय गरेको हो ।

आर्थिक ऐन अनुसार भन्सार बिन्दुमा नै पूर्वाधार कर तिनुपर्ने छ । अहिलेसम्म पनि नेपाल आयल निगमले १० रुपैयाँ बुझाएको छ । अहिले परल मूल्यमा घटी गर्न पाइएन’ उनले भने ।

थानीले अहिले पनि निगम मासिक ४ अर्ब रुपैयाँ घाटामा गइरहेको उल्लेख गर्दै अब आइओसीसँग खरिद गरेको मूल्यमा कर थप गरी आउने लागत मूल्यमै इन्धन बिक्री गरिने बताए ।

पेट्रोलमा अहिले पनि प्रतिलिटर १३.५८ रुपैयाँ, डिजलमा १३.९५ रुपैयाँ र ग्यासमा प्रतिसिलिण्डर ७१५ रुपैयाँ घाटा रहेको उनको भनाई छ । २०७१ साल देखि नै परल मूल्यमा बिक्री गर्न पाएको भए यति ठूलो घाटा नहुने उनले बताए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार