26.1 C
Kathmandu

मन्त्री आलेसँगको विवादपछि नेवानिका अध्यक्ष अधिकारी निलम्बित

काठमाडौं । पर्यटन मन्त्री प्रेम आलेसँगको विवादपछि सरकारले नेपाल वायुसेवा निगम (नेवानिका) अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई निलम्बनको निर्णय गरेको हो ।

केही दिनअघि पर्यटनमन्त्री प्रेम आलेले अधिकारीलाई अश्लील भाषामा गाली गरेको अडियो सार्वजनिक भएको थियो ।

त्यसभन्दा अघिदेखि नै अधिकारी र मन्त्रीबीचको सम्बन्धन नराम्रो भइसकको थियो । अधिकारीलाई मन्त्री आलेले नै गत नियुक्त गरेका थिए । मन्त्री आलेले यसअघि नै अधिकारीलाई निलम्बन गर्ने तयारी गरिसकेका थिए ।

मन्त्रीपरिषदको बैठकले उनलाई निलम्बन गरेसँगै नयाँ व्यक्ति कसलाई नियुक्त गरेको भन्ने विषयमा भने जानकारी प्राप्त भएको छैन् ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार