23.1 C
Kathmandu

ग्लोबल आइएमईमा मिसिए ५ वाणिज्य बैंक, १० विकास बैक र ६ फाइनान्स (सूचीसहित)

काठमाडौं । ग्लोबल आइएमई बैंक ठूलो बन्न हालसम्म २१ वटा वित्तीय सस्था मिसिएका छन् । यो बैंकसँग हालसम्म ५ वटा राष्ट्रिय स्तरका (क वर्गका) वाणिज्य बैंकहरू मर्जर भएका छन् ।

ग्लोबल आइएमई बैंक, जनता बैंक, कमर्ज एण्ड ट्रस्ट बैंक, बैंक अफ काठमाण्डू र र लुम्बिनी बैंकबीचको एउटै वाणिज्य बैैंक भएको छ । यस अघि बिओकेसँग लुम्बिनी बैंक मर्जर भएको थियो ।

ग्लोबल आइएमईले ७ वर्ष अगाडि एकै पटक दुईवटा विकास बैैंकलाई पनि मर्जर गरेको थियो । सोसियल डेभलपमेन्ट र गुल्मी विकास बैंकलाई प्राप्ति गरेको थियो । त्यसपछि हालसम्म यो बैंकमा मिसिने विकास बैंक नै १० वटा पुगेका छन् ।

यो बैंकसँग रिलायवल डेभलपमेन्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, कन्जुमर डेभलपमेन्ट बैंक, त्रिवेणी विकास बैंक सिसिएको छ । यसमा ड्राइ डेभलपमेन्ट बैंक, ब्राइट डेभलपमेन्ट बैंक, पब्लिक डेभलपमेन्ट बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंक पनि मिसिएका छन् ।

ग्लोबल आइएमईले हालसम्म ६ वटा फाइनान्स कम्पनीलाई समेत आफैंमा समाहित गराएको छ । यो बैंकमा आइएमई फाइनान्स, लर्डबुद्ध फाइनान्स, हाथ वे फाइनान्स, शुभलक्ष्मी फाइनान्स, नेपाल आवास फाइनान्स र नवदुर्गा फाइनान्स समाहित भइसकेका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार