29.1 C
Kathmandu

पुराना जहाज खरिदमा रोक लगाउनु हुँदैन्, मन्त्रीले प्राविधिक विषय नबुझि बोलेः वायुसेवा सञ्चालक संघ

काठमाडौं । पुराना जहाज खरिदमा रोक लगाउन नहुने वायुसेवा सञ्चालक संघले माग गरेको छ । संघले मन्त्रीले प्राविधिक विषय नबुझि बोलेकोले त्यसलाई कार्यान्वयन नगर्न पनि आग्रह गरेका छन्

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलले संसदमा घोषणा गरेको पुराना जहाज खरीद गर्ने समय घटाउने विषयप्रति वायुसेवा कम्पनीहरुले कडा विरोध जनाएका छन् । उनीहरुले मन्त्रीले स्वच्छाचारी, अव्यवहारी तथा तर्कहिन अभिव्यक्ति भएको भन्दै यसलाई कार्यान्वयन नगर्न प्रधानमन्त्री समक्ष आग्रह समेत गरेका छन् ।

शुक्रबार प्रधानमन्त्रीलाई पत्र लेख्दै वायुसेवा सञ्चालक संघका अध्यक्ष क्या। रामेश्वर थापाले संवाद नै नगरी मन्त्रीबाट एकतर्फी अभिव्यक्ति दिएको बताएका हुन् । यसअघि १ असारमा संसदमा बोल्दै मन्त्री आलेले प्रेसराइज जहाज १० वर्ष र ननप्रेसराइज जहाज १५ वर्ष पुरानो भएपछि किन्न नपाउने गरी सरकारले नियम बनाउन लागेको बताएका थिए । अहिले यस्तो नियम १५ र २० वर्ष रहेको छ ।

क्या. थापाले जहाजको हरेक पार्टपूर्जाको निश्चित साइकल तथा अवधि हुने भन्दै अन्तर्राष्ट्रिय मापदण्डको अक्षरस पालना गरिएको समेत जनाएका छन् ।

उनले भनेका छन्, ‘विमानको उमेरसँग जहाज दुर्घटना कदापी दाँज्न मिल्दैन, हरेक दुर्घटनाको छानबिन प्रतिवेदन हेर्दा सबै छर्लङ्ग हुन्छ । हवाई इन्धन अत्यधिक महँगो हुनु, डलरको विनिमय दर बढिरहेको समयमा हवाई सेवाको लागत बढेको भन्दै यस्तो नियम लागू भएमा यात्रुमाथि भार पर्ने समेत वायुसेवा सञ्चालकहरुको भनाइ छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार