23.1 C
Kathmandu

पाँचतारे होटललाई कर छुट दिनुपर्ने, हानले माग्यो १० प्रतिशत मात्रै सम्पत्ति कर

काठमाडौं । होटल व्यवसायीहरूको संस्थाले पर्यटकस्तरदेखि ५ तारे होटलसम्ममा कर छूट मागेका छन् । पाँचतारे होटललाई कर छुट दिनुपर्ने माग गर्दै होटल संघ नेपाल (हान)ले ९० प्रतिशत छुट मागेका हुन् ।

हानले १० प्रतिशत मात्रै सम्पत्ति कर तिर्ने व्यवस्था गर्न महानगरपालिकासमक्ष माग गरेको हो ।घर जग्गा कर ऐन २०१९ को दफा १२ वमोजिम होटलको ग्राहक बस्ने, खाने खास घर जग्गा, सवारी साधानको पार्किड. स्थान र बागबगैचामा घरजग्गा कर नलाग्ने व्यवस्था रहेको छ ।

एकीकृत सम्पत्ति कर २०७४ ले भने होटलहरुले ओगटेको सवै संरचनामा सम्पत्ति कर लगाई करिब १५ सय प्रतिशत भन्दा बढी कर लगाएको हानको भनाइ छ । हानबाट पटक पटक काठमाडौं महानगरपालिकालाई अनुरोध गरी चार आवदेखि कर छुट लिँदै आएको छ ।

आव २०७५/०७६ मा ६५ प्रतिशत, २०७६/०७७ मा ७५ प्रतिशत, २०७७/०७८ मा ७५ प्रतिशत र २०७८/०८९ का लागि ८० प्रतिशत छुट उपलब्ध पाएकोले आगामी आवमा पनि ९० प्रतिशतसम्मको छुट पाउनुपर्ने माग व्यवसायकिो छ । छुटमध्ये समयसीमा भित्र कर बुझाएमा अर्को १० प्रतिशत अतिरिक्त छुट उपलब्ध दिन पनि हानले माग गरेको छ ।

यस अघि आव २०७५÷०७६ मा उपलब्ध ६५ प्रतिशत छुट रकम काठमाडौं महानगरपालिका र होटल संघ नेपालको सहकार्यमा आयोजना हुने गरी पर्यटन प्रवद्र्धनका लागि संयुक्त कोष स्थापना भएको थियो ।

उक्त संयुक्त कोषबाट काठमाडौं महानगरपालिकालाई पर्यटनको केन्द्र बनाउन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा मुलुकको साख उच्च राख्न विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरु तय गरिएको हानको भनाइ छ ।

विगतका वर्षमहरुमा र्झैं यस वर्ष पनि होटलहरुमा लगाइँदै आएको एकीकृत सम्पत्ति करमा यस वर्ष ९० प्रतिशत छुट दिन माग गदैै हानले विहीबार काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहलाई ज्ञापनपत्र बुझाएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार