23.1 C
Kathmandu

आइतबार बन्द हुने शेयर बजारको तालिका फेरियो, अब शनिबार बन्द अरु सबै दिन कारोबार

काठमाडौं । सरकारले दुइ दिन विदा दिन थालेपछि जेठ महिनाभर आइतबार विदा विदा भएर शुक्रबार कारोबार सुरु भएको शेयर बजार अब नयाँ तालिकामा चल्ने भएको छ ।

वैशाखसम्ममा शुक्रबार र शनिबार विदा हुने शेयर बजार असार लागेपछि आइतबार शनिबार र आइतबार बन्द हुने गरेको थियो । सरकारले यही असारदेखि आइतबारको विदा कटौति गर्यो ।

सोही विदाका प्रभावको कारण शुक्रबार यस अघि नियमित कारोबार हुन थालिसकेको शेयर बजार आइतबार खुला हुने भएपनि अब सातामा शनिबार मात्रै बन्दा गर्ने निर्णय भएको छ ।

अब शेयर बजार शनिबारबाहेक सबैदिन कारोबार खुल्ने छ । सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले हालसम्म सातामा ५ दिन मात्रै खुल्ने गरेको सेयर कारोबार अब ६ दिन खुलाउने तयारी गरेको हो ।

कारोबार समय सबैदिन चार घण्टा हुने भएको छ । बिहान ११ बजेदेखि ३ बजेसम्म कारोबार खुला हुने नेप्सेले जानकारी दिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार