26.1 C
Kathmandu

गर्भनरको चासो र पुँजी बजारको अध्ययन समिति गठनबाटै सेयर लगानीकर्ता उत्साहित, लगानीकर्ताको ११ खर्ब फिर्ताको अपेक्षा

काठमाडौं । पुँजी बजारसम्बन्धि अर्थमन्त्री जनार्दन शर्माले पटक पटक निर्देशन दिँदा नबढेको शेयर बजार गर्भरले मौद्रिक नीतिमार्फत सकारात्मक बनाउने गरी चासो देखाउँनासाथ बजार ६० अंकले बढेको छ ।

२ भदौ २०७८ मा ३१९९.०३ को उच्च विन्दुमा पुगेको सेयर बजार परिसूचक नेप्से त्यसयताको ९ महिनामा १२ सय अंक तल झर्‍यो । हाल सेयरको दैनिक कारोबार औसतः डेढ अर्बमा खुम्चिएको छ । ४० खर्ब १० अर्ब रुपैयाँसम्म पुगेको बजार पूँजीकरण अब घटेर २९ खर्ब ६३ अर्ब रुपैयाँमा झरेको छ ।

बुधबार विहान गभर्नरले अर्थमन्त्री भेटेर पुँजीबजारबारे छलफल गरेको र अर्थ मन्त्रालयले पुँजीबजारको समस्याको विषयमा अध्ययन समिति गठन गर्न साथ बजार उकालोतर्फ लागेको छ । शेयर बजारमा गत वर्षको मौद्रिक नीतिको प्रभाव परेको भन्ने गरेको छ ।

९ महिनामा १२ सय अंक तल झर्‍यो । हाल सेयरको दैनिक कारोबार औसतः डेढ अर्बमा खुम्चिएको छ । ४० खर्ब १० अर्ब रुपैयाँसम्म पुगेको बजार पूँजीकरण अब घटेर २९ खर्ब ६३ अर्ब रुपैयाँमा झरेको छ ।

यो वर्षको मौद्रिक नीतिले प्राथमिकता दिँदा पुनः शेयर बजार बढ्ने अपेक्षा भने लगानीकर्ताको छ । यो बीचमा लगानीकर्ताले करिब ११ खर्ब गुमाएका छन् । यो रकम पुनः पुरानै अंकमा पुग्ने अपेक्षा लगानीकर्ताको छ ।

सेयर बजार सुधार्न बुधबारै सरकारले धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको छ ।

समितिको सदस्यमा अर्थ मन्त्रालय र राष्ट्र बैंकका प्रतिनिधिसहित ४ जना रहेका छन् । बजार सुधारका विषयमा आवाज उठाउँदै लगानीकर्ता तिलक कोइरालाको संयोजकत्वको एक संघर्ष समितिले निरन्तर सरकारलाई दबाब दिइरहेको छ ।

संघर्ष समितिले जेठ २३ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बजारमा लागनीकर्ता निराश भएका र आत्तिएर बेच्दा झन् घाटा खाने अवस्थामा पुगेका छन् ।

सेयर बजार सुधारकै विषयमा लगानीकर्ताले मंगलवार मात्रै अर्थमन्त्रीलाई भेटेर आवश्यक सुझाव दिएका थिए । लामो समयदेखि घटिरहेको बजार सुधार्न अर्थमन्त्रीले चासो देखाएकै कारण अध्ययन समिति गठन भएको छ ।

सेयर बजारमा देखिएका समस्या अध्ययन गरी मौद्रिक नीतिबाट सम्बोधन गर्ने तयारीसहित अर्थ मन्त्रालयले समिति गठन गरेको सूचनापछि बुधबार लगानीकर्ता उत्साहित देखिएका छन् ।

आगामी बजेट सार्वजनिक भएको दिनपछि निरन्तर घटेको सेयर बजार बुधबार भने दोहोरो अंकले वृद्धि भयो यसले बजारलाई सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार