29.1 C
Kathmandu

क्रिप्टोकरेन्सी र हाइपरफण्डका लगानीकर्ता खोज्दै सीआईबी, लाखौ जरिवना र वर्षौ कारागारमा राख्ने चेतावनी

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सीअन्तर्गतको कारोबार व्यवसाय तथा डिजिटल नेटवर्क बिजनेस गैरकानूनी रहेको त्यसको कारोबार नगर्न सूचना जारी गरेको छ ।

सीआईबीले क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङलगायतको कारोबार नेपालमा प्रतिबन्धित भएकोले यसको कारोबार गर्नेको विवरण खोजी गरिरहेको छ ।

यस्तो कारोबार गर्नेको सूचना सीआईबीलाई दिन पनि आग्रह गरिएको सीआईबीका प्रवक्ता श्यामकुमार महतोले जारी गरेको एक सूचनामा उल्लेख छ ।

यस्तो गैरकानूनी कारोबारको सीआईबी कार्यालयबाट समेत निगरानी भइरहेको र विगतमा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान गरी कानूनबमोजिम कारबाहीसमेत भइसकेको जानकारी पनि दिएको छ ।

कानूनले बर्जित गरेको यस्तो कारोबार नगर्नरनगराउन आग्रह गरको छ । कसैले यस्तो कारोबार गरेको पाइए कडाइका साथ कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बताएको छ ।

यस्ता गैरकानूनी क्रियाकलापमा संलग्न व्यक्ति वा संस्थाका बारेमा कुनै जानकारी भए सूचना उपलब्ध गराई सहयोग गर्न पनि सीआईबीले अनुरोध समेत गरेको छ ।

गैरकानूनी डिजिटल करेन्सीसहितको कारोबार गरेको पाइए नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९६, दण्ड सजाय हुनेछ । कानूनी व्यवस्थाअनुसार कसूर गर्ने व्यक्तिलाई उक्त कसूरसँग सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

बिगो कायम गर्न नसकिने अवस्थामा कसूरको मात्रा हेरी बढीमा १० लाख रूपैयाँसम्म जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार